काठमाडौँ । उद्योग मन्त्री कर्णबहादुर थापा टर्कीमा आयोजित इजमिर इन्टरनेशनल फियरमा सहभागी हुनुभएको छ ।
८३औं फियरमा सहभागी हुन मन्त्री थापा केही दिनअघि टर्की जानुभएको हो ।
टर्की सरकारको विज्ञान प्रविधि तथा उद्योग मन्त्रालयको आयोजनामा अगष्ट २९ देखि सेप्टेम्बर ७ सम्म फेयर सञ्चालन हुँदैछ ।
फियरमा सहभागी भएर मन्त्री थापाले नेपालका तर्फबाट धारणा राखेको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टर्कीका विज्ञान तथा उद्योगमन्त्री फिक्री इसिक र मन्त्री थापावीच उद्योग विकासका विषयमा पनि छलफल भएको छ ।













प्रतिक्रिया