१९ कार्तिक २०८३, बिहिबार

छोराले अन्तरजातिय विवाह गरेको सजाय बाबुलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नवराज श्रेष्ठ

रामेछाप, २१ असोज । नेपालमा कानुनी रुपमा जातिय विभेद भएको ५० वर्ष बितिसक्यो । कुनै पनि मानिसलाई जात, धर्म, वर्ष, लिङ् र समुदायको आधारमा भेदभाव गर्नु कानुनी रुपमा अपराध हो । तर अहिले पनि समाजमा जानि नजानि यो अपराध भई रहेको छ ।

अन्तरजातिय विवाह गर्ने मात्र हैन उनीहरुको परिवार समेत त्यसको शिकार भई रहेका छन् । पछिल्लो घटनाको शिकार रामेछापको दिमिपोखरी गाविस–९ का ६५ वर्षिय अम्बरबहादुर जर्गा मगर भएका छन् । उनका छोरा रत्नबहादुर जर्गा मगरले ५ वर्षअघि गरेको अन्तरजातिय बिबाहको सजाय अहिले उनले भोगि रहेका छन् । रत्न बहादुरले ५ वर्षअघि सोही स्थानकी सार्की समुदायकी एक दलित महिलासँग बिबाह गरेका थिए ।

बिवाह गरेपछि उनी भागेर काठमाडौँ गई वस्दै आएकामा यस वर्षको बैशाखमा पत्नी सहित घरमा आएका थिए । उनी घरमा आएपछि दलित समुदायकी बुहारी घरमा भित्र्याएको भन्दै उनलाई आफ्नै दाजुभाईले सामाजिक वहिष्कार गरेका छन् । अहिले पुरोहितलाई समेत उनको घरमा गयो भने बहिष्कार गर्ने भनेर धम्क्याएको उनले गुनासो गरे ।

यस विषयमा उनले सामुदायीक मेलमिलाप केन्द्रमा निवेदन गरेका भएपनि सो विवाद फौजदारी प्रकृतिको भएकोले प्रहरीमा जान अफूले सुझाव दिएको मेलमिलाप केन्द्र दिमीपोखरीका संयोजक रविन्द्र नेपालीले जानकारी दिए ।