१९ कार्तिक २०८३, बिहिबार

प्रहरीलाई उपकरण हस्तान्तरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २१ असोज । राष्ट्रिय सूचना तथा सञ्चार केन्द्र कञ्चनपुर शाखाले बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा चितुवा खोज्न प्रयोग हुने उपकरण प्रहरीलाई हस्तान्तरण गरेको छ ।

बिहीबार उदयदेव गाविसमा आयोजित कार्यक्रममा करिब ५० हजार बराबरको उपकरण हस्तान्तरण गरिएको हो । उदयदेव गाविस कार्यालयमार्फत प्रहरी टोलीलाई एक थान दुरबिन र चार थान बढी क्षमताका टर्च हस्तान्तरण गरिएको गाविसका प्राविधिक लक्ष्मण महताले राससलाई जानकारी दिनुभयो ।
बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले मानवबस्तीमा पसेर आक्रमण गर्न थालेपछि जिल्ला सुरक्षा समितिको भदौ १९ गतेको बैठकले चितुवा मार्ने निर्णय गर्दै प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरेको थियो ।

सोही निर्णय अनुसार जिल्ला प्रहरी कार्यालयले प्रभावित क्षेत्रमा १५ जनाको प्रहरी टोली खटाएको थियो । प्रभावित क्षेत्रमा खटेका प्रहरी टोलीले यसअघि उपकरण अभावमा चितुवा मार्न नसकेको समाचार प्रसारण भएपछि सो उपकरण हस्तान्तरण गरिएको केन्द्रका अध्यक्ष ज्ञानेन्द्र महताले बताउनुभयो । चितुवाले शृङ्खलाबद्घ रुपमा आक्रमण गर्न थालेपछि तल्लोस्वराडका स्कुले विद्यार्थी र स–साना बालबालिका त्रस्त भएकाले प्रहरीलाई चितुवा मार्न सजिलो होस् भनेर उपकरण हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

तल्लोस्वराडमा गएको भदौ महिनामा दुई बालिका गरी विसं २०६८ देखि हालसम्म २२ जनाको चितुवाको आक्रमणबाट मृत्यु भइसकेको छ । रासस