एजेन्सी । अमेरिकाको साउथवेस्ट एयरलाइन्सको जहाजभित्र एक यात्रुले बोकेको सामसुङ नोट सेभेन मोबाइलमा आगो लागेको छ ।
सामसुङले सुरक्षित भनी दोश्रोपटक बजारमा पठाएको ग्यालेक्सी नोट सेभेनमा फेरि आगलागी भएको हो ।
लुइसभिलेबाट बाल्टिमोरका लागि उड्न थालेको विमानभित्र बुधबार ग्यालेक्सी नोट सेभेनमा धुवाँ आएसँगै सबै यात्रुलाई सुरक्षित रुपमा बाहिर निकालेर जहाज खाली गरिएको एयरलाइन्सले पुष्टि गरेको छ ।
गत महिना बजारमा पठाएलगत्तै ब्याट्रीमा समस्या देखिएर विस्फोट हुने र आगलागी हुन थालेपछि सामसुंले सबै नोट सेभेन फिर्ता लिएको छ । फिर्ता लिइएको नोट सेभेनमा देखिएको समस्या समाधान गरिएको भन्दै उसले पुनः सुरक्षित भनिएका ग्यालेक्सी नोट सेभेनको बिक्रि सुरु गरेको थियो ।
सुरक्षित भनिएको ग्यालेक्सी नोट सभेन जहाजभित्र पड्किएर आगो लागेको घटनाको छानविन भैरहेको सामसुंगले जनाएको छ ।
















प्रतिक्रिया