१९ कार्तिक २०८३, बिहिबार

१२ बर्षदेखि अधिकारकर्मीबाटै अपाङ्ग महिला यौन शोषणमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

womenउदयपुर, २० असोज । आफुलाई अब्वल मानवअधिकारकर्मी ठान्ने जिल्लाका एक अधिकारकर्मीले एक अपाङ्ग महिलालाई १२ बर्षदेखि यौनशोषण गरेको रहस्य वाहिर आएको छ ।

२०६१ सालमा त्रियुगा जनता वहुमुखि क्याम्पसमा अध्ययन गर्न आएकी २८ वर्षिय ति अपाङ्ग महिलामाथि बेल्टारबसाहा नगरपालिका १ बेल्टारबजारका ३४ बर्षीय देवनकुमार राईले १२ बर्षदेखि यौन शोषण गर्दै आएको घटना वाहिर सार्वजानिक भएको हो ।

पीडितले विहीबार पत्रकार सम्मेलन नै आयोजना गरी आफु अधिकारकर्मीबाटै अन्यायमा परेको बताएकी हुन् । अध्ययनको शिलशिलामा गाईघाट आईपुगेकी पीडितलाई आरोपित राईले पहिलो पटक २०६१ सालमा घरवेटी कोही नभएको मौकाछोपी बलात्कार गरेको आरोप छ ।

एउटै घरमा भाँडा लिएर अलग अलग कोठामा बस्दै आउनेक्रममा घरबेटी नभएको मौकाछोपी राईले पीडितको कोठा भित्र पसेर प्रेम प्रस्ताव गरेका थिए । राईको प्रस्ताव इन्कार गर्दा आफु बलात्कृत हुनु परेको पीडितले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बलात्कारपछि राईले पछि विहे गर्छु कसैलाई भनिस भने ज्यान मार्ने धम्कि दिएपछि घटना वाहिर ल्याउन नसकेको विज्ञप्तीमा भनिएको छ । त्यसपछि पनि राईले विहे गर्छु भन्दै पटक पटक बलात्कार गर्ने गरेको उनले बताईन । पछिल्लो समय २०७३ साउन महिनामा राईसँग विवाह दर्ताको प्रस्ताव राख्दा अपाङ्ग र सपाङ्ग त्यसमा पनि जात धर्म नमिलेको महिलासँग मेरो सम्बन्ध हुन नसक्ने भन्दै पन्छिएपछि आफु छिमेकीको सहारामा न्याय माग्न निस्किएको उनले बताईन ।

राईले तथानाम गाली गर्दै कुटपिटसमेत गरेको उनले बताईन । राईको ज्याजतिले सिमाना नाघेपछि छिमेकीको सहारामा साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताईन । त्यसपछि पनि असोज ३ र १८ गते विहान ८ बजेको समयमा राईले सार्वजानिक सडकमै घटनालाई वढावा दिए ज्यान मार्ने धम्कि दिएको पीडितले बताईन ।

टेलिफोन, सामाजिक संजाल र सार्वजानिक ठाउँमासमेत धम्कि दिन थालेपछि आफु न्यायको लागि सम्बन्धित निकायमा पुगेको बताईन । पीडितले जिल्ला अदालतमासमेत आरोपितसँग नाताकायमको माग गर्दै मुद्दा दर्ता गराएकी छिन् । हाल उक्त मुद्दा विचाराधिन अबश्थामा रहेको अधिवक्ता श्यामनन्द चौधरीले बताए ।

अपाङ्ग महिलालाई बलात्कारपछि राई अहिले अर्कै युवतीलाई लिएर हिडने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अर्की युवतीको बिषयमा कुरा गर्दौ आरोपितले कुट्ने पिट्ने धम्की दिने गरेको पनि उनको भनाई छ ।

यस विषयमा उदयपुरका मानव अधिकारकर्मीलेसमेत साझा धारणा बनाएका छन् । उनीहरुले राईले जिल्लाका मानवअधिकारकर्मीको अपमान गरेको बताएकाछन् । उनीहरुले सके सम्बन्ध विस्तार नत्र कानुन अनुसार राईमाथि कारवाही हुनु पर्ने बताएकाछन् । पीडितलेसमेत सम्बन्ध विस्तारलाई पहिलो प्राथामिकता र त्यसपछि नभए कानुनी कारवाहीको माग गर्दै आएकी छिन् ।