काठमाडौं, २० असोज । बालाजुको बाइपासबाट करिब ५० मिटर अगाडी नेपालटार जानेबाटोमा बमजस्तै शंकास्पद बस्तु फेला परेको छ ।
उक्त बस्तु बम हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली सो स्थानमा पुगेको छ ।
प्रहरीका अनुसार उक्त बस्तु ह्याण्ड ग्रिनेड भएकोले उक्त बाटो भएर आवतजावत गर्ने यातायात पनि अवरुद्ध भएको छ ।
दशैंको समयमा राजधानीमै रहेको नेपाली सेनाको व्यारेक नजिकै संकास्पद वस्तु फेला परेपछि स्थानियवासीमा त्रास छाएको छ ।












प्रतिक्रिया