१९ कार्तिक २०८३, बिहिबार

ट्याक्टर दुर्घटनामा १ को मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २० असोज । उदयपुरमा बिहीबार दिउँसो ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाईते भएका छन् ।

सदरमुकाम गाईघाटदेखि फोक्सिनटारतर्फ सामान बोकेर जाँदै गरेको स.१.त ४०६७ नम्बरको ट्याक्टर दिउँसो ४ बजे खाँबु गाबिस २ छामलिङमा दुर्घटना हुँदा ट्याक्टरधनी त्रियुया नगरपालिका १ का ५२ बर्षीय तेजबहादुर गजमेरको ज्यान गएको हो ।

क्षमताभन्दा बढी व्यापारिक सामान बोकेर गएको ट्याक्टर अनियन्त्रित हुँदा चालक त्रियुगा नगरपालिका २ का २४ बर्षीय देवेन्द्र चौधरीर खाँबु २ छामलिङका २१ बर्षीय अनिलकुमार राई घाईते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिनुभयो ।

उनीहरुमध्ये चालक चौधरीको अबस्था गम्भिर रहेको छ । ट्याक्टर सडकबाट दुई सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।