जापान । नेपालीहरूको महान पर्ब दशैको पावन अबसरमा हाइजीमा यूथ क्लब जापानले दसैं टिकाका दिन दसैं डिजे डान्स पार्टीको आयोजना गर्ने भएको छ ।
दसैंलाई रमाइलो भाइचारा र सद्भाव युक्त बनाउनका लागि पार्टीको आयोजना गरिएको आयोजक हाइजिमा युथ क्लबका सचिब मनोज श्रेष्ठले बताउनुभयो । नेपाली किचेन हाइजिमा मा आयोजना गर्न लागेको कार्यक्रम आगामी अक्टोबर ११ तारिक बेलुका ६ बजे देखी शुरु हुने बताइएको छ ।
पार्टीमा डिजे नबिन डिजे लाक्पा र डिजे सरुन ले उपस्थितहरुलाई भरपुर मनोरञ्जन गराउनेछन् । कार्यक्रमलाई थप आकर्षक बनाउन डान्स पार्टीमा सहभागीमध्ये बेस्ट डान्स जोडीलाई गायक राकेश लामाको एल्बमको २ वटा सिडी र २ सेट खाना निःशुल्क उपलब्ध गराइने सचिब मनोज श्रेष्ठले बताए ।
देशबाट टाढा हुँदा यस्तो चाडको समयमा एक्लोपन महसुस नहोस भन्ने सोचका साथ आयोजित दसैं डिजे डान्स पार्टीमा सहभागी हुनका लागि सबैमा आयोजकले आग्रह समेत गरेको छ ।
– वीरेन्द्र केसीबाट
















प्रतिक्रिया