३० आश्विन २०८३, शुक्रबार

दशै ! कसैका लागि दशा नबनोस्

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Niru-thapaहिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभदिपावली हाम्रो घर आगनमा आइ पुगेको छ । स्वदेश तथा विदेशमा रहनु भएका केयौ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु पनि वडादशै तथा शुभदीपावली मनाउन आफना आफन्तजन अर्थात मान्यजनहरुबाट आर्शिवाद ग्रहण गर्नका लागी आ — आफना घरमा पुगेका छन् कोही आउने क्रममा छन् । भने केयौ नेपालीहरु आफनो बाध्यता विवशता र अन्य कारणले गर्दा आफनो घरपरिवारमा जान नसकेका पनि छन् ।

यो विजयादशमी तथा शुभदीपावलीको मावलमा अधिकाशको घरमा खुसी उमङ्गले छाएको छ आफना आफन्तजन संगै केयौ वर्ष भेट हुन नपाएर यो वडादशै र तिहारको अवसरमा एउटा जमघड हुने सुनौलो अवसर प्रदान गरेको छ । मौसम पनि सफा, बाटोघाटो पनि सफा ति उषाकिरण सहितका न्यानो घामका किरण अनि यो माहोल नै खुसीको क्षण बन्न पुगेको छ । भने अर्कोतर्फ यो दशै कसैका लागी दशाको रुपमा सावित भएको छ ।

कैयौले आफनो साँझ विहानको दैनिकी हातमुख जोड्न नसकेका अवस्थाले मनमा हर्ष, उल्लास थपिनुको साटो एक प्रकारको पिडा थपिदिएको छ । कसैका परिवारमा आफना परिवारको एकै ठाउँमा जमघट हुन पाएका छेैनन् भने केयौ परिवारलाइ आफना आफन्तजन लाई विभिन्न कारणले गुमाउनु पर्दा मनमा एक प्रकारको नैरश्यता र पिडा सृजना भएको छ । दिनप्रति दिन को सवारी दुर्घटना र अन्य कारणले गर्दा पनि दशै दशामा सावित भएको छ । दिनहरु घुम्दै फिदै जाँदा फेरि दशै आएको छ गत वर्ष झै यसपटक को दशैमा पनि रमाइलो गर्ने, ठूलावडाको आर्शिवाद लिने र खानपिन गर्ने कुराहरु त आफनै ठाउँमा छन् । तर पनि दशै यस्तो मौका पनि हो जतिबेला हामी लामो समयदेखि भेटन नसकेका आफन्तजनहरु लाई देख्ने — भेटने र दुख सुख साट्ने अवसर पनि हो ।

आखिर जे जस्तो अवस्थामा भएता पनि यो दशै गएको साल दशैमा नेपालीहरु अभावबाट बच्ने प्रयत्नमा थिए। भूकम्पको झड्का र नाकाबन्दी सृजना गरेको अभावमा पिल्सरहेका थिए । संविधान जारी भए पछिको पहिलो दशै हिन्दु नेपालीले उल्लासले मनाउन पाएनन् । यो वर्ष को दशै ले ती सम्पूर्ण दुख कष्ठ बिर्साउने गरी पारिवारिक मिलन गराओस् तर यात्राका असहजताहरु भने उस्तै छन् तै पनि यो वर्ष को दशै — दशै नै रहोस् शुभकामना !