२९ आश्विन २०८३, बिहिबार

बलात्कारीको लिङ्ग काटेर छाडिदिने शेरबहादुरको प्रस्तावमा १ सय ४० बढीको समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1374930_547494762026046_6426594926224985430_nकाठमाडौं, १५ भदौ । नेकपा एमालेका सभासद एवं केन्द्रीय सदस्य  शेरबहादुर तामाङले बलात्कारीहरुको गुप्ताङ्ग काट्ने कानून बनाउनु पर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो प्रस्ताव अघि सार्नुभएको हो ।  यस्तो कानुन बन्न सके मात्र बलात्कार जस्तो जघन्य अपराध रोकिने उहाँको तर्क छ ।

‘छिः बलात्कार ! अति भो ! अब बलात्कारीलाई अरु कानुनी कारबाही होइन, लिङ्ग काटेर छोडिदिने कानून बनाउनु पर्ला जस्तो छ ।

यस्तो गर्‍र्यौं भने बलात्कार जस्तो अपराध घट्ने मात्र होइन कि अन्त्य नै हुन्छ ।’ उहाँले फेसबुकमा लेख्नु भएको छ ।

बलात्कारीको गुप्ताङ्ग नै काटेपछि आफ्नो बंश नाश हुने भएकाले बलात्कारका घटना रोकिने उहाँको तर्क छ । तामाङले सामाजिक सञ्जालमा यस्तो भनाई करिब छ घण्टा अघि पोष्ट गर्नुभएको हो ।

उहाँले फेसबुकमा लेखेको उक्त भनाईलाई १ सय ४० भन्दा बढीले लाइक गरेका छन् । त्यसैगरी एक जनाले सेयर गरेका छन् भने १३ भन्दा बढी कमेण्ट आएका छन् ।