१ कार्तिक २०८३, शनिबार

प्रोफेसर भण्डारी साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि पर्यटन दूत नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rameshor-bhandari-usaकाठमाडौं, २० असोज । नेपाल पर्यटन बोर्डले अमेरिकास्थित ग्रेटर लस एन्जलस क्षेत्रका सक्रिय सामाजिक अभियन्ता प्रोफेसर रामेश्वर भण्डारीलाई साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि पर्यटन दूत नियुक्त गरेको छ ।

नेपाली समुदायको बढ्दो आकर्षण क्यालिफोर्निया र विश्वको ब्यापारिक मुटु लस एन्जलस क्षेत्रमा नेपाली धर्म, संस्कृति, परम्परा र पर्यटन बिकासका लागि सहयोग पुग्ने अपेक्षासहित नेपाल सरकारको तर्फबाट प्रोफेसर भण्डारीलाई पर्यटन दूत नियुक्त गरिएको बोर्डले जनाएको छ ।

ब्यापार, मनोरन्जन र मौसमको मायावी शहर लस एन्जलस, विश्वको प्रख्यात चलचित्र नगरी हलिउड र यस क्षेत्रमा बढ्दो नेपाली उपस्थिती, नेपाली समुदायको बढ्दो सामाजिक सक्रियता, अमेरिकामा नव–आगन्तुक नेपालीहरुको आकर्षणको पहिलो रोजाई लस एन्जलस हुन पुगेको छ । यस क्षेत्रमा आफ्नै स्वामित्वको नेपाली मन्दिर, विवादरहित नेपाली समाज, ब्यस्तताका वाबजुद सहभागितामा एकता बोकेको ग्रेटर लस एन्जलस क्षेत्रमा नेपाली समुदायको उपस्थिती र आपसी हातेमालो अभियानले जन्मभुमी नेपालको पर्यटन बिकासमा पत्रकार एवं प्रोफेसर भण्डारीको नियुक्तिले नेपालको पर्यटन क्षेत्रमा सकरात्मक आश जागेको बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

नवनियुक्त पर्यटन दूत भण्डारी क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसबाट अंग्रेजी बिषयमा स्नातकोत्तर हुनुहुन्छ । हाल क्यालिफोर्निया विश्वविद्यालय लस एन्जलस र लस एन्जलस कम्युनिटी कालेज डिस्ट्रिक्ट अन्तर्गतको दुई कलेजमा अध्यापनरत हुनुहुन्छ । नेपालको त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी बिषयका प्राध्यापक भण्डारी बिगत सात बर्षदेखी लस एन्जलस क्षेत्रमा नेपाली समुदायमा सक्रिय हुनुहुन्छ ।

पत्रकारिता बिषयको बिए तहका ब्याज टपर भण्डारी नेपालमा द हिमालयन टाईम्स र स्पेस्टाईम टुडे अंग्रेजी दैनिक अखवारहरुमा सह–सम्पादक हुनुहुन्थ्यो । हाल अंग्रेजी शिक्षकहरुको अन्तर्राष्ट्रिय संगठनका सदस्य भण्डारी लस एन्जलस क्षेत्रमा विभिन्न अखबार र सामुदायिक संस्थामा संलग्न हुनुहुन्छ ।

यसैबीच नवनियुक्त पर्यटन दूत भण्डारीले आफूलाई दिइएको महत्वपूर्ण जिम्मेवारीप्रति नेपाल सरकार र नेपाल पर्यटन बोर्डप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले आफ्नो कांधमा आएको यो जिम्मेवारीलाई अवसर र चुनौतीका रुपमा कर्तब्यपालनको बढो सजगताले आफूले भूमिका निभाउन सदैव हरसम्भव प्रयासरत रहने बताउनुभयो ।