विर्तामोड, १९ असोज । लागु औषध दुर्व्यसनीविरुद्ध अभियान सञ्चालन गर्ने योजनाको साथ झापाको विर्तामोडमा आजबाट कालिका नेपाल नामक संस्था सञ्चालनमा आएको छ ।
झापाका युवा नेताहरु विश्वप्रकाश शर्मा र सिपी कडरियाले यो संस्थाको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमै कालिका नेपालले विजयादशमी, शुभ दिपाबली, छठको अवसर पारेर शुभकामना तथा चियापान कार्यक्रम समेत सम्पन्न गरेको छ ।
विर्तामोड बजारमा रहेका विकृति विसंगती विरुद्रको अभियान समेत सञ्चालन गर्ने योजनाको साथ काम सञ्चालन गरिएको सस्थाका सहसचिव तथा सञ्चार प्रमुख सुमन पोद्दारले जानकारी दिनुभयो ।












प्रतिक्रिया