१९ कार्तिक २०८३, बिहिबार

चाडपर्वलाई लक्षित गर्दै नवलपरासीमा विशेष सुरक्षा योजना लागुः एसपी चौधरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra-parsad-chaudharyनवलपरासी, १९ असोज । चाडपर्वलाई लक्षित गर्दै नवलपरासी प्रहरीले विशेष सुरक्षा सतकर्ता योजना लागु गरेको छ ।

बडादशै, दिपावली, छठ र मोहर्रम पर्वको समयमा बढी अपराधिक क्रियाकलापहरु हुने भएकोले त्यसको रोकथामका लागि जिल्ला भरिमा यस्तो योजना लागु गरिएको हो ।

नवलपरासीको सम्पूर्ण बजार क्षेत्र गाउटोल, जंगल क्षेत्र, नेपाल भारत नाकाहरुमा पर्याप्त संख्यामा प्रहरी परिचालन गरेर विशेष सुरक्षा बढाइएको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो । ती क्षेत्रहरुमा प्रहरीहरुले रात्रिकालिन गस्ती समेत दिइरहेको एसपी चौधरीले जानकारी दिनुभयो ।

नवलपरासीमा चाडपर्व लक्षित गर्दै रातिको बेलामा चोरीको घटना बढदै गइरहेको गुनासो बढेपछि रात्रिकालिन प्रहरी गस्ती बढाइएको बुझिएको छ ।

चाडपर्वमा हुने चोरी डकैती लुटपाट र झै झगडा लगायतका घटनाहरु हुन न दिन जिल्ला भरिका सबै प्रहरी चोकी, इलाका र बिट युनिटलाई सतकर्ताका साथ काम गर्न निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

एसपी चौधरीका अनुसार जिल्लाको सदरमुकाम परासी, सुनवल, भुमही, बर्दघाट, दुम्किबास, अरुणखोला, चोरमारा, डंडा, कावासोती, गैडाकोट, त्रिबेणी बजार, झुलनिपुर, भुजहवा, महेशपुर, विसुनपुरा लगायत मुख्य बजार र सिमावर्ती नाकाहरुमा चेकजाँच बढाइएको छ ।

चाडपर्वमा नवलपरासीमा मदिरा विक्री वितरण बढी मात्रामा हुने गरेकोले मदिरा र जुवातास पनि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइएको चौधरीले बताउनुभयो ।

उहाँले जिल्लाको कुनै पनि ठाउमा कुनै केही किसिमको अपराधिक तथा समाजिक शान्ति सुरक्षा भंग हुने खालको घटना हुन नदिन तथा त्यस्ता घटना हुन सक्ने शंका लागेमा तुरुन्त प्रहरीलाई वा ९८५७०६५५५५ मा सम्पर्क गराउन सबैलाई आग्रह गर्नु भएको छ ।

एसपी चौधरीको शान्ति सुरक्षा योजनालाई नवलपरासीमा चौतर्फी प्रशंसा गरिएको छ ।

रबिन्द्र यादवबाट ।