१९ कार्तिक २०८३, बिहिबार

तारा एयरद्वारा लुक्ला सफाई अभियान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tara-air

काठमाडौं, १९ असोज । सगरमाथा पोल्यूशन कन्ट्रोल कमिटी (एसपीसीसी)सँगको सहकार्यमा तारा एयरले सोमवारदेखि सगरमाथा क्षेत्रमा फोहर ब्यवस्थापना कार्यक्रम शुरु गरेको छ ।

तारा एयरले आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सिविलिटी (ब्यवसायिक सामाजिक उत्तरदायित्व) अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो ।

एसपीसीसीले बार्षिकरुपमा करिव १२ टन फोहर संकलन गर्ने योजना बनाएको थियो । तर, हाल एसपीसीसीले सगरमाथा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र अन्तर्गतका चौरिखर्क, नाम्चे र खुम्जुङ गरी तीन गाबिसबाट २ दशमलव ६ टन मात्र फोहर संकलन गर्न सफल भएको छ ।

यसरी संकलित फोहर एसपीसीसीले लुक्लामा सञ्चय गर्ने गरेको छ । तार एयरले एसपीसीसीसँग सहकार्य गर्दै लुक्लामा संकलित फोहर जम्मा गरी काठमाडौंमा ब्यवस्थापन गर्न निःशुल्क सहयोग उपलब्ध गराउने बताएको छ । कम्पनीका अनुसार यसका लागि उपयुक्त तरिकाले लुक्लाबाट काठमाडौं उडानको ब्यस्था मिलाइएको छ ।

पर्यटनबाट यस क्षेत्रमा हुने नकारात्मक वातावरणीय असरलाई न्यूनिकरणमा तेवा पु¥याउने सोचका साथ तारा एयरले यस क्षेत्रबाट सम्भव भएसम्म फोहर हटाउने प्रयासको थालनी गरेको हो ।

सन् २००८ को बसन्तमा एसपीसीसी र स्थानिय वातावरण सम्बन्धित एनजीओ (गैह्र सरकारी संस्था), द हिमालयन क्लब, लुक्लासँगको सहकार्यमा तारा एयरले करिव १७ टन बियरका खाली बोतल लुक्लाबाट काठमाडौंमा उतारेको थियो ।

सन् १९९१ देखि एभरेष्ट क्षेत्रको फोहर समस्याको सम्बोधन गरिरहेको एसपीसीसी फोहर ब्यवस्थापन समाधान तथा वकालतका लागि नमुनाका रुपमा स्थापित भइसकेको छ ।

स्थानिय समूदायहरुको प्रत्यक्ष समन्वयमा यसले प्रमुख बासस्थान तथा ट्रेकिङ ट्रेल्समा रहेका फोहर ब्यवस्थापन गरिरहेको छ । हाल एसपीसीसी खुम्बी क्षेत्रलाई सफा राख्न दिगो फोहर ब्यवस्थापन योजना विकास गर्ने कार्यमा केन्द्रित रहेको छ । यो अभियानले पर्यटकका साथै स्थानियमा उच्च हिमालय क्षेत्रको पारिस्थितिक सन्तुलनको महत्वबारे जागरुकता ल्याइ यसको थप विकासमा उल्लेख्य तेवा पुर्याउने दुबै संस्थाले विश्वास लिएका छन् ।

तार एयरले जुन २९मा एसपीसीसीसँग फोहर ब्यवस्थापनका लागि एमओयूमा हस्ताक्षर गरेको हो ।