१९ कार्तिक २०८३, बिहिबार

संसद्मा दुईपटक नियमापत्ति, जनाउ घन्टी पटकपटक बजाइयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad

काठमाडौँ, १८ असोज व्यवस्थापिका–संसद्को आजको बैठकमा कोरम नपुगको भन्दै आज दुईपटक जनाउ घन्टी बजाएर सांसदको गणना गरियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको ‘निर्वाचन आयोग विधेयक, २०७३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने बेलामा सांसद प्रेम सुवालले कोरम नपुगेको भन्दै नियमापत्ति गर्नुभए पनि सभामुख ओनसरी घर्तीले तीन मिनेटको जनाउ घन्टी बजाएर सांसद गणना गर्न सचिवालयलाई निर्देशन दिनुभयो ।

कुनै पनि प्रस्ताव पारित गर्न १४९ सांसद आवश्यक पर्नेमा सदनमा १५३ सांसद उपस्थित हुनु भएपछि सांसद सुवालको नियमापत्ति अगाडि बढेन र प्रस्ताव सहज रुपमा पारित भयो ।

जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले प्रस्तुत गर्नुभएको जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएपछि पुनः सांसद सुवालले नै गणपूरक सङ्ख्या नपुगको भन्दै नियमापत्ति जनाउनुभयो ।

सभामुख घर्तीले सचिवालयलाई तीन मिनेटको जनाउ घन्टी बजाएर सांसदको गणना गर्दा गणपूरक सङ्ख्या १४९ नै कायम भएपछि मन्त्री जोशीले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बहुमतले अनुमोदन भयो । रासस