१९ कार्तिक २०८३, बिहिबार

भन्सार छली संकलन गरी लैजान लागेको सुनसहित पक्राउ

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold

काठमाडौं, १८ असोज । भंसार छली लैजान लागेको सुन सहित खोटाङ लफ्याङ्ग– ७ घर भएकी ३७ बर्षीया भुवन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमनको कार पार्किङ एरियामा सोमबार वाहिरी मुलुकबाट आएका यात्रुसंग संकलन गरी भंसार छलेर लैजान लागेको १ सय ग्रामको सुनको चुरा २ थान सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सुन सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।