१ कार्तिक २०८३, शनिबार

डीसीमा पहिलो नेपाली लायन्स क्लवको चार्टर नाइट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

img_4557डीसी । अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको छ ।

अमेरिकाको २४ ए डिष्ट्रिक्टकी पूर्व गभर्नर करेन उडल पार्करले क्लवका सबै नव पदाधिकारीहरुलाई शपथ गराएकी थिइन् । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले अन्तरराष्ट्रिय जगतमा सेवा गरिरहेको लायन्स क्लवको छहारीमा नेपालीको लायन्स क्लव खुल्नु सुखद भएको बताउदै क्लवले समुदायमा सेवा पुगाउने आशा व्यक्त गरे ।

सो समारोहको लागि क्यालिफोर्निया राज्यवाट भाग लिन आउनु भएका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर राजेन थापाले गोविन्द गिरी प्रेरणा लामो समयदेखि परिचित व्यक्ति भएको र उहाँको नेतृत्वमा क्लवले समुदायमा सेवा पुगाउने विश्वास व्यक्त गरे ।

२४ ए डिष्ट्रिकका गभर्नर जे मोहनले आफूले क्लवको वैठकमा भाग लिंदा परिवारको वीच वसेको अनुभूति भएको वताउँदै आफ्नो डिष्ट्रिक्टमा यो क्लवको नाम उच्च हुनेमा आफूलाई विश्वास भएको बताए ।

मनासस एभरेष्ट क्लब २७ जुलाईमा स्थापना भएको थियो । साहित्यकार, पत्रकार, समाजसेवी गोविन्द गिरी प्रेरणा क्लवका अध्यक्ष भएका छन् भने सचिवमा दोवा ढकाल, कोषाधयक्ष अनुभव गिरी तथा मेम्बरसिप डाइरेक्टर विष्णु गुरुङ छन् ।

सदस्यहरुमा अन्जु गिरी, सिसम गुरुँग, सन न्ह्यूइन, पवन गौतम, साधना गौतम, शोभा ढकाल, दिवाकर ज्ञवाली, इन्दिरा आचार्य, लोक तिवारी, अनुरोध गिरी, लक्ष्मी गिरी, दिनुप ज्ञवाली, सफर थापा, कविन्द्र सिटौला, सुधिर वास्तोला, रञ्जय उपाध्याय, राजेन्द्र खनाल, पवन जीसी तथा नन्दलाल उपाध्याय रहेका छन् ।

कार्यक्रमलाई समापन गर्दै क्लवका अध्यक्ष गोविन्द गिरी प्रेरणाले चार्टर नाइटमा सहभागी अतिथिहरु, अरु क्लवका सदस्यहरु सवैलाई धन्यवाद ज्ञापन दिदै मनासस एभरेष्ट लायन्स क्लव मार्फत समुदायमा सेवा पुगाउँदै मानवीयताका लागि काम गर्ने बताए ।

कार्यक्रम सञ्चालन पूर्व परिषद सभापति ह्यारी पार्करले गरेका थिए । मनासस एभरेष्ट लायन्स क्लवमा हाल २३ जना चार्टर सदस्यहरु रहेका छन् ।