३० आश्विन २०८३, शुक्रबार

कमरेडहरु ! महिलालार्इ पाखा लगाएर आफू मात्र अगाडि बढ्दा दुर्घटना होला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shanta-chaudhary

– शान्ता चौधरी

नेकपा एमाले दाङ जिल्ला अधिबेशनबाट सर्बसम्मतमा नेतृत्व चुनिनु राम्रो सुरुवाती हो । सर्बसम्मतबाट नेतृत्व चयन गराउनुहुने कमरेडहरुलार्इ हार्दिक धन्यवाद ब्यक्त गर्दछु । तर बिडम्बना, एक जना पनि महिलालाइ भाइटल पोस्ट (अध्यक्ष, उपाध्यक्ष, सचिब र उप–सचिब)मा स्थान नदिएकोमा एकलौटी पुरुषत्व हाबी भएको होकि भन्ने बुझिन्छ । जनताको पार्टी एमाले सबै जातिय, लैङ्गकि, भाषाभाषी एबम बर्गिय रुपमा सबैलाई समेट्दै सहमतीय आधारमा अघि बढ्नुपर्ने ठाउँमा महिलाहरुलार्इ काम पर्दा भाडो नत्र ठाडो भन्ने भनार्इसँग मिल्दो देखिन्छ । कमरेडहरु महिलालार्इ पाखा लगाएर आफू मात्र अगाडी बढ्दा दुर्घटना नहोला भन्न सकिन्न बेलैमा सजग हुनुहुन आग्रह गर्दछु ।