१९ कार्तिक २०८३, बिहिबार

रिडी-तम्घास सडक १२ घण्टापछि सुचारु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ridi-sadak

– अनिल खत्री

गुल्मी, १७ असोज । निर्माणधिन अबस्थामा रहेको सडक वर्षाका कारण पहिरो गएपछि सोमवार विहानदेखि अवरुद्ध बनेको गुल्मीको रिडी–तम्घास सडक खण्ड सोमवार वेलुकिदेखि एकतर्फि रुपमा सुचारु भएको छ ।

रिडी–तम्घास सडक खण्ड अन्र्तगत रेसुङ्गा नगरपालीका १५ स्थीत दुविचौरको खहरे खोलामा सोमवार विहानैदेखि सडक माथिवाट पहिरो खसेपछि उक्त सडक अपरान्न सम्म दिनभर अवरुद्ध बनेको थियोे ।

स्थानीय प्रशासनको पहलमा डोजर प्रयोग गरि सडकको पहिरो सामान्य रुपमा हटाएपछि १२ घण्टापछि उक्त सडक सुचारु बनेको हो । अवरुद्ध सडक सुचारु भएसंगै विहानैदेखि अलपत्र परेका यात्रुहरु आआफ्नो गन्तव्यमा लागेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले जानकारी दिनु भएको छ ।