१९ कार्तिक २०८३, बिहिबार

लमजुङ्ग-पोखरा सम्पर्क समाजद्धारा शुभकामना आदानप्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lamjung-2

पोखरा, १७ असोज । बिजया दशमी, शुभदिपावली, छठ जस्ता पर्बहरुको अबसरमा लमजुङ्ग पोखरा सम्पर्क समाजले शुभकामना आदान प्रदान गरेको छ ।

पोखराको भद्रकाली मन्दीरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा क्षेत्रिय स्वास्थ्य र्निदेशनालय, पोखराका प्रमुख डा. तारा पौडेलले समय,परिस्थिती अनुसार मानिसहरुको परिचय फेरीने हुदा आफुहरु लमजुङ्गे हुनुमा गर्व गर्नुपर्ने बताए । देश बाहिर नेपालीको परिचय आएजस्तो जिल्ला बाहिर गएपछि आफ्नो जन्मथलोको परिचयले चिनीनु नै पहिचान भएको उनको भनाई थियो । जन्मभुमिलाई बाहिर बसेर पनि स्मरण गर्ने गरि स्थापना भएको लमजुङ्ग – पोखरा सम्पर्क समाजले पहिचान दिने खालका कार्यक्रम गरेकोमा उनले खुशी ब्यक्त गरे ।

कार्यक्रममा लमजुङ्ग – पोखरा सम्पर्क समाजका अध्यक्ष दिपक घिमिरेले समाजले पोखराका बिभिन्न स्थानमा रहेका लमजुङ्ग स्थाई ठेगाना भएका ब्याक्तिहरुलाई सम्पर्क समाजमा आएर गोलबद्ध हुन आग्रह गरे । समाजको सदस्य भएर आफ्नो जन्मभुमिको अपनत्व बोध गर्न उनले सो अबसरमा सबैलाई आग्रह गरेका छन । सदस्यता लिन चाहने लमजुङ्गेहरुको लागि सदस्यता खुला गरिएको पनि उ नले जानकारी दिए ।

कार्यक्रममा सहभागिहरुले नजिकिदै गरेको बिजया दशमी, शुभ– दिपावली, नेपाल संबत,छठ जस्ता पर्बहरुले सबैमा समानता र सदभाव कायम होस भनि शुभकामना दिएका दिएका थिए । कार्यक्रममा लमजुङ्ग – पोखरा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ऋिशीराम चिलुवालले सहकारी मार्फत गोलबद्ध हुन सबैमा आग्रह गरे ।