काठमाडौं, १६ असोज । हङकङस्थित जोर्डनमा बस्दै आएका नेपालीहरुबीच आइतबार बिहानै छुरा हानाहान हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
नेपालीहरुका दुई समुहबीच छुरा हानाहान भइरहेको ट्याक्सी चालकबाट खबर पाएपछि झडपस्थलमा प्रहरी पुगेका र प्रहरी पुग्दा समेत छुरा हानाहान जारी रहेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका हुन् ।
घाइते दुवैजनालाई उपचारका लागि क्वीन एलिजावेथ हस्पिटलमा लगिएको र परिचय नखुलाइएको हङकङ आइडी होल्डर नेपाली रहेको एचके अन सीसीले जनाएको छ ।
भिडियोः













प्रतिक्रिया