१९ कार्तिक २०८३, बिहिबार

पाँचथर अखिल क्रान्तिकारीको एकता भेला सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhil-new-photo-jpg

पाँचथर, १६ असोज । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) पाँचथरको एकता भेला शनिवार फिदिममा सम्पन्न भएको छ ।

१० माओवादी घटकहरुवीचको एकता पश्चात पाँचथरमा तत्कालिन एकिकृत नेकपा माओवादी र नेकपाक्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनको एकता भेला सम्पन्न भएको हो । भेलाले जलकुमार तामाङ इन्चार्ज र सूर्यमान बेघा संयोजक रहेको ८५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । उक्तआयोजक समितिमा १५ सदस्य पछि थप्ने गरी रिक्त रहेका छन् ।

क्रान्तिकारीका केन्द्रीय सचिव खड्गसुन्दर सम्बाहाम्फेको प्रमुखआतिथ्यतामा सम्पन्न भेलामा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नरबहादुर दुलाल ‘नेटवर्क’, नेताहरु सुरेन्द्र जवेगू ‘नविन’, महेन्द्र जवेगू ‘फुङ्निमा’, एलबी गुरुङको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सचिव द्वय गञ्जु प्रधान र महेन्द्र योङ्या तथा केन्द्रीय सचिवालय सदस्यद्वय राजन खतिवडा र मदन भट्टराई समेत उपस्थितथिए । एकता भेलापछि चाँडै जिल्ला सचिवालयनिर्माण गर्ने र आगामी तीन महिना भित्रमा जिल्ला सम्मेलन सम्पन्न गर्ने संयोजक बेघाले जानकारी दिए ।