१९ कार्तिक २०८३, बिहिबार

पाँचथर निर्माण व्यवसायी संघमा नेम्वाङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14516519_1786029ttttttt088324395_4561499723838270419_n

-कृष्ण ओझा 

पाँचथर, १६ असोज । निर्माण व्यवसायी संघको दशौं साधारणसभा तथा अधिवेशनले फिदिम नगरपालीका १ का स्थानीय बीरेन्द्रकुमार नेम्बाङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ ।

शनिवार सम्पन्नअधिवेशनको वन्दशत्रले नेम्बाङको अध्यक्षतामा २१ सदस्यीयनयाँकार्य समितिनिर्वाचित गरेको हो ।
नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा वलथापा, द्वितियउपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल र तृतिय उपाध्यक्षमा शशीराज आङदेम्बे निर्वाचित भएका छन् । यस्तै समितिको महासचिवमा सूर्य प्रकाश बाँस्कोटा, नीतिगत उपमहासचिवमा दीपेन योक्पाङदेन, आन्तरिक उपमहासचिवमा पूर्ण आङदेम्बे र कोषाध्यक्षमा दिनानाथअधिकारी निर्वाचित भएका छन् ।

अन्य सदस्यहरुमा कृष्णप्रसाद बाँस्कोटा, डिल्लीकुमार आले, ताराप्रसाद भट्टराई, शंकर थापा, सिरेन राई, प्रेम तुम्बापो, जगत थापा, गोपी नेपाली, शैलेन्द्र कुरुम्बाङ, लोकप्रसाद अधिकारी, नरहरी उप्रेती र बिनोद खनाल निर्वाचित भएका छन् । समितिको महिला सदस्यमा देवकुमारी ढुंगाना निर्वाचित भएका छन् । शुक्रबार सुरु भएको अधिवेशनको निर्माण व्यवसायीमहासंघका अध्यक्ष सरद कुमार गौचनले उद्घाटन गरेका थिए ।