१९ कार्तिक २०८३, बिहिबार

जाजरकोटका चार गाउँ पूर्ण सरसफाईयुक्त घोषणा

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot

– बीरबहादुर गिरी

जाजरकोट, १६ असोज । जाजरकोटका चार गाउँलाई पूर्ण सरसफाइ युक्त गाउँ घोषणा गरिएको छ । जिल्लालाई पूर्ण सरसफाई युक्त घोषणा गर्ने क्रममा पहिलो चरणमा चार गाउँलाई नमुना गाउँ घोषणा गरिएको हो ।

पहिलो चरणमा भेरीमालिका नगरपालीका वडा नंं १०को नुहगाउँ पजारु ८ घोगी, झाप्र्र्र्रा ९ राँगा नल्फु र सिमा ९ स्यापीलाई सरसफाइ युक्त नमुना गाउँ घोषणा गरिएको छ । ती गाउँका स्थानीयले पूर्ण सरसफाइका सबै सूचक पुरा गरेकोले नमुना घोषणा गरिएको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले जनाएको छ । नमुना गाउँका स्थानीयले सफा चर्पिको प्रयोग, सुद्ध पिउने पानीको ब्यबस्था, फोहर फाल्ने खाडल, भाँडा राख्ने चाग घर घरमा फिल्टरको प्रयोग गर्न थालेका छन । पूर्ण सरसफाइ युक्त गाउँ घोषणासंगै स्थानीयको आनीबानी र जीवन शैलीमा परिवर्तन आएको पजारु ८ घोगीका स्थानीय शिक्षक गोबिन्द गिरीले बताए ।

सरकारले सन २०२५ सम्म नेपाललाइ पूर्ण सरसफाइ युक्त घोषण गर्ने समय सिमा तोकेको छ । यस क्रममा जाजरकोटमा पूर्ण सरसफाइ जिल्ला घोषणका लागि बिभिन्न अभियान संचालन गरिएको छ । अभियान अन्तर्गत गाउँ, टोल, गाविस हुदै सन २०१७ मम जिल्ला घोषणा गर्ने गरी अभियान चलाइएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकिय अधिकृत टेकबहादुर खत्रीले बताए ।

पूर्णसरसफाई गाउँ तथा टोल घोषणा गर्नका लागि सुरक्षित सौचालयको प्रयोग, सुरक्षित पानीको प्रयोग र भण्डारण, सावुन पानीले हात धुने वानी तथा व्यक्तिगत सरसफाईको विकास, सुरक्षित खानाको प्रयोग तथा भण्डारण, घर आँगनको सधै सरसफाई र सफा वातावरण जस्ता मापदण्ड निर्धारण गरिएको छ । पहिलो चरणमा पुर्णसरसफाइ युक्त घोषणा गरिएका गाउँ तथा टोलहरुले पुरा गरेका मापदण्डहरुको अनुगमन गरि नमुना गाउँ तथा टोल घोषणा गरिएको छ ।

जिल्लाको पहिलो पुर्ण सरसफाई नमुना टोल भेरीमालिका नगरपालीका वडानं–१०को नुहगाउँ रहेको छ भने, जिल्लाकै पहिलो नमुना वडाका रुपमा पजारु गाविस–८ घोगीलाइ घोषण गरिएको छ । त्यसैगरी जिल्लाकै दोश्रो पुर्णसरसफाइ नमुना वडाका रुपमा झाप्रा गाविसको वडा नं–८ राँगा र तेश्रो वडाका रुपमा सिमा गाविसको वडा नं–९ स्यापी घोषणा गरिएका छन । यसरी बिभिन्न गाउँ टोल नमुना घोषणा गर्ने क्रम तिब्र बनाउन थालिएको छ । लगतै ढिमे गाविसको वडानं–६ छरागाउँ र भेरीमालिका नगरपालीका वडानं–५को ईभरलाई पुर्ण सरसफाई नमुना गाउँ घोषणा गर्ने तयारी गरिएको छ । नमुना घोषणा गरिएका गाउँ तथा टोललाई पुर्णसरसफाई नमुना पर्यटन गन्तव्य स्थलका रुपमा विकास गराउने र जाजरकोटको परिचय बदल्ने गरी दुर्गम गाउँमा अभियान संचालन भएको जल श्रोत ब्यबस्थापन कार्यक्रम हेल्भेटास स्वीस इन्टरकोपरेशन नेपाल खानेपानी तथा सरसफाइ कार्यक्रम हिमालय समाज विकास केन्द्रका कार्यक्रम संयोजक सरस्वति गिरीले बताइन् ।

जलश्रोत व्यवस्थापन कार्यक्रम (वार्म–पी) हेल्भेटास स्वीस इन्टरकोपरेशन नेपालको आर्थिक सहयोगमा जिल्लाका एक दर्जन बढि गाविसमा खानेपानी तथा सरसफाइ कार्यक्रम संचालन गरिएको छ । कार्यक्रम लागु भएका ७ गाविसमा पहाडी क्षेत्र विकास अभियान र ७ गाविसमा हिमाल समाज विकास केन्द्रले समुदाय परिचालन तथा प्राविधिक सहयोगको काम गर्दै आएका पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदीप जंग शाहले बताए ।

२०७१ साल पुस १८ गते देशकै २४ औं र भेरी अञ्चलकैं पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको जाजरकोटलाई सन् २०१७ भित्रै पुर्णसरसफाई जिल्ला घोषणा गर्ने रणनीति निर्माण गरिएको छ । स्वास्थ्य सरसफाइ र वाताबरणिय सरसफाइको कमीले बिभिन्न महामारी फैलने जाजरकोटमा पछिल्लो समय पूर्ण सरसफाइको अभियान तिब्र बनाइएको छ । अभियान संचालनमा बिभिन्न संघ संस्थाले जिम्मेवारी लिएर कार्यक्रम गर्दै आएका छन ।