१९ कार्तिक २०८३, बिहिबार

इन्जिनियर्स एसोसियसनको साधारणसभाः नेतृत्वलाई युवा इन्जिनियरका यस्ता सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

enginear

काठमाडौं, १५ असोज । नेपाल इन्जिनियर्स एसोसियसनको ४७ औ साधारण सभा आज ललितपुरमा सम्पन्न भएको छ ।

नेपाल इन्जिनियर्स एसोसियसन ३० औ कार्यकारिणी समितिले प्रस्तुत गरेको प्रतिबेदन संशोधन गर्दै साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रस्तुत प्रतिबेदन उपर युवा इन्जिनियरहरु बिनोद भट्टराई, सन्जिब रोकाहा लगायतले टिप्पणी गर्दै केहि गम्भीर सवालहरु उठान गर्नु भएको थियो । इ बिनोद भट्टराईले बिधान संशोधन लगायत निर्वाचन प्रणालीका बिषयमा ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यस्तै इ सन्जिब रोकाहाले इन्जिनियरको सुरक्षाको बिषयलाई जोडदार रुपमा उठान गर्नु भएको थियो । रोहाकाले बर्षेनी इञ्जिनियरिङ्ग शिक्षामा अरबौ रुपैयाँ विदेश गैरहेकोमा चिन्ता ब्यक्त गर्दै नेपालका संचालित कलेजको गुणस्तरको बिषय उठान गर्नु भएको थियो ।

त्यस्तै उहाँले नेपाल इन्जिनियर्स एसोसियसनलाई सबै इन्जिनियरले अपनत्व महसुस गर्ने संस्थाको रुपमा बिकास गर्न आग्रह समेत गर्नुभयो ।

अबको समृद्धिको अभियानमा हामी इन्जिनियरलाई कसरि नेतृत्वदायी भूमिकामा स्थापित गर्न सक्छौ गम्भीर भएर सोचेर अगाडी बढ्न उहाँले नेतृत्वलाई आग्रह गर्नुभयो ।

उहाँले युवा इन्जिनियरलाई सहज रोजगारको बातावरण निर्माण गर्न स्पष्ट योजनाका साथ अगाडि बढ्न नयाँ नेतृत्वलाई आग्रह समेत गर्नुभयो ।

त्यस्तै आजैबाट नवनिर्वाचित कार्यसमितिले आफ्नो कार्य समेत प्रारम्भ गरेको छ ।