काठमाडौं, १५ असोज । पूर्व उद्योगमन्त्री महेश बस्नेतले बहुप्रतिक्षित औद्योगिक व्यवसाय ऐन २०७३ बिहीबार व्यवस्थापिका संसदको पूर्ण बैठकले पारित भएकोमा संसदप्रति आभार व्यक्त गरेका छन् ।
‘मेरो पालामा व्यवस्थापिका संसदमा पेश भएको विधेयक अहिले आएर पास भएको छ । यसबाट सबै भन्दा खुसी मलाई लागेको छ । यस कार्यमा मलाई साथ दिने उद्योगमन्त्रालयका सचिव, सहसचिव, कर्मचारीहरु, उद्योगी, व्यवसायी, निजी क्षेत्र, संचारकर्मी सबैलाई धनयवाद दिन चाहन्छु,’ पूर्वमन्त्री महेश बस्नेतले भनेका छन् ।
उक्त विधेयक क्याबिनेटको अर्थ समितिमा लामो समयदेखि रोकिएको थियो ।
अर्थमन्त्रालयले उद्योग व्यवसायीलाई राज्यका तर्फबाट दिने सेवा सुविधा र छुटका सन्दर्भमा किचलो निकालेको कारण पूर्वमन्त्री बस्नेत र तत्कालीन अर्थमन्त्री रामशरण महतबीच विवाद परेको थियो ।
निजी क्षेत्रले उत्साहका साथ स्वागत गरेको ऐनको धारा २२ देखि धारा २९ सम्म अर्थ मन्त्रालयले हटाउन चाहेको थियो । ठूलो संघर्ष गरेर ती धाराहरु यथावत राखी व्यवस्थापिका संसदमा दर्ता गराउने काम पूर्व उद्योगमन्त्री महेश बस्नेतको पालामा भएको थियो ।
दैब दिने पृती हेर्ने काम नहोस् विगतमा पनि विभिन्न ऐनले दिएको अधिकार आर्थिक ऐनले खण्डित गरेको छ । सदनमा विचाराधिन सो सँग सम्बन्धित श्रम ऐन तत्काल ल्याउन आवश्यक छ ।
तीन दशक अघि बनेको औद्योगिक व्यवसाय ऐन २०४९ लाई प्रतिस्थापन गरी नयाँ विधेयक ल्याइएको हो ।












प्रतिक्रिया