१९ कार्तिक २०८३, बिहिबार

भास्करानन्द माया शिक्षा पत्रकारिता पुरस्कार पछाईलाई

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dsc_0885– नरेश के.सी.

भैरहवा, १५ असोज । भास्करान्द माया शर्मा अक्षय कोषले स्थापना गरेको शिक्षा पत्रकारिता पुरस्कार पत्रकार दीपेश पछाईले प्राप्त गरेका छन् ।

मेचीकाली दैनिक, नयाँ पत्रिका, भैरहवा एफ एम, लुम्बिनी टिभी र एबीसी टिभीमा कार्यरत पछाईलाई शनिबार भैरहवामा नगद १५ हजारसहित पुरस्कृत गरिएको हो ।

लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष समेत रहेका पछाईलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल र कोषका संस्थापक अध्यक्ष भास्करानन्द शर्माले पुरस्कार प्रदान गरेका हुन् ।

यसैबीच कोषले बोर्डिंग र सरकारी विद्यालयका गरी २४ जना विद्यार्थीलाई पनि छात्रावृत्ति प्रदान गरेको छ ।

कोषको छात्रावृत्ति पाउनेहरुमा प्राथामिकतर्फ मेउडिहवा प्राविका अन्जली बानिया, बुद्ध ज्योति उच्च माविका रोहन हरिजन, भानु माविका दिपेश पासवान, सुसस्कृत माविका विकास मल्लाह, मोर्डन पब्लिकका प्रतिमा अग्रहरी, महात्मा बुद्धका निकिता यादव, कासी नोबलका प्रीति धवल, मनकामना स्कुलका रोहित बाल्मीकि रहेका छन् ।

निमावितर्फ सुस्कृत माविका मुस्कान ठाकुर, नेपाल नालन्दाका अनीषा विक, सिबी पब्लिकका श्रेया पनेरु, सुस्कृत माविका विशाल गुप्ता, भानु माविका उपेन्द्र मुराव, लीलाराम माविका दया श्रेष्ठ, मनकामना माविका सन्दीप आले, फ्युचर लाइटको प्रशान्त काफ्ले रहेका छन् ।

मावितर्फको छात्रावृत्ति पाउनेहरुमा लीलाराम उच्च माविका विपना राना, भैरहवा उच्च माविका सन्दिप राव, भैरहवा उच्च माविकै सरस्वती कोहार, मुन लाइट उच्च माविका हरि थारु, भानु माविको कृष्ण पोखरेल, सिबी पब्लिकको मिना थापा, बुद्ध ज्योतीको सन्ध्या लोनिया र लिलाराम उच्च माविको रमेश कोहार रहेका छन् ।