१९ कार्तिक २०८३, बिहिबार

वन संरक्षणमा सरकारको जोड

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Forest

 

काठमाडौँ, १५ असोज । वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले सरकारले वन क्षेत्रको संरक्षणका लागि विशेष अभियान थालनी गर्न लागेको बताउनुभएको छ ।

काठमाडौँको सामाखुसीस्थित रतनपुर काठमाडौँ मिलन समाजले आयोजना गरेको दसैँ, तिहार, नेपाल सम्बत तथा छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आफूले वन क्षेत्रमा नयाँ ढङ्गले काम गर्ने प्रतिवद्धताका साथ अघि बढेको जानकारी दिनुभयो ।

सो अवसरमा उहाँले छात्रछात्रालाई पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष शेषकान्त पण्डित, विष्णुहरि पण्डित, समाजका पूर्व अध्यक्ष बाबुराम ढकाल तथा सन्तोष पण्डितलगायतका वक्ताले गाउँको विकासलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गर्नुभयो । रासस