१९ कार्तिक २०८३, बिहिबार

कालीमाटीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । स्थानीय कालीमाटीमा आज बिहान भएको सडक दुर्घटनामा समिर कर्माचार्यको मृत्यु भएको छ ।

बल्खुका सन्दीप तामाङले चलाएको बा६०प ९११० नं को मोटरसाइकल कालीमाटीस्थित डिभाइडरमा ठोकिएर दुर्घटना भएपछि पछाडि बसेका २० वर्षीय कर्माचार्य गम्भीर घाइते भई सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहान मृत्यु भएको महानगरीय ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।

कर्माचार्य बल्खुमा बस्दै आएका थिए । सोही अस्पतालमा चालक तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस