कोरिया । दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा किदूक दक्षिण कोरियाले यही सिप्टेम्बर १६ तारिख सऊलस्थित दोस्रो महाधिवेशन सम्पन्न गरेको छ ।
फेन्थेकस्थित स्याम्भु रेस्टुरेन्टमा बसेको पहिलो बैठकले किदूकको नाम र लोगो समय सपेक्षा नरहेको निष्कर्ष सहित लोगो र संस्थाको नाम परिवर्तन गरेको हो ।
सर्वसम्मत रुपमा अक्टोबरदेखि लागू हुने गरी शेर्पा किदूकको स्थानमा शेर्पा संघ दक्षिण कोरिया रहने गरी लोगो र नाम परीवर्तन गरिएको छ ।
शेर्पा संघ द्वारा कोरियामा नेपालीहरू कोरिया प्रवेशसँगै बिभिन्न समस्याहरू पनि बढ्दै गएको भन्दै मानसिक तनाव बड़ी मात्रमा पाइएको र अन्तमा आत्महत्या जस्तो डर लाग्दो बाटो रोज्नेहरू बढ्दै गएकोमा संघले गहिरो चासो र चिन्ता ब्यक्त गरेको छ ।















प्रतिक्रिया