१९ कार्तिक २०८३, बिहिबार

बाजुरा सदरमुकाममा पहिलो पटक बस पुग्यो, हेर्नेको घुइँचो

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bajura-bus– भोबिन्द्र शाह

बाजुरा, १३ असोज । जिल्ला सदरमुकाम बाजुरामा पहिलो पटक बस सेवा सुचारु भएपछि बाजुराबासीले भब्य रुपमा अबिर, फुलमाला र बाजागाजा सहित स्वागत गरेका छन । जिल्ला सदरमुकाममा पहिलो पटक बस पुगेपछिबस हेर्नेहरुको भीड नै लागेको छ ।

साफे मार्तडी सडक खण्ड निर्माणको २२ बर्ष पुगिसक्दा पनि जिल्लामा सडक निमार्णको गती नलिएपछि सदरमुकाम सम्म बस सेवा बिस्तार हुन नसेको उधोग बाणिज्य संघ बाजुराका उपाध्यक्ष गोरख बहादुर रोकायाले बताए । यसअघि बस चढ्नका लागी सदरमुकामबाट करिब
२ घण्टाको पैदल दुरी हिडेर स्थानिय तिपाडा हाटबजार सम्म जानु पर्ने बाध्यता रहदै आएको थियो ।

हाल सडक निर्माणको जिम्मा पाएको पिएस कन्ट्रक्सनले निर्माण कार्य तिब्र पारेपछि बस सेवा सूचारुका लागी जिल्ला प्रशासन कार्यालय र जिल्लाका सरोकारवाला निकायले चासो दिएर बस ल्याउन पहल गरेपछि बस सेवा संचालनमा ल्याएको महाकाली बस ब्यबसायी बलबहादुर
थापाले बताए ।

जिल्लामा महाकाली ,सुदुरपश्चिम ,पवनदुत,कर्णाली,भेरी ,भजनी लगाएतका यातायातका रात्रीकालिन बस पुगेको सुदुरपश्चिम बस ब्यबसायिक समिती बाजुराका झरेन्द्र सिंहले बताएका छन ।

जिल्ला सदरमुकाम मार्तडीबाट नै सेवा दिने भएपछि छिमेकी बाजुरा, हुम्ला र मुगुका यात्रीहरुले सुबिधा पाउने भा छन । बस सेवा सुचारु भएपछि यतिबेला जिल्लाबासीहरु हर्ष र उल्लास छाएको छ ।