नेपालगन्ज, १३ असोज । स्वास्थ्यमन्त्री गगन थापालाई कोहलपुरबासीले ५१ किलोको माला लगाएर स्वागत गरेका छन् ।
मन्त्री भएपछि पहिलो पटक बुधबार बाँके आइपुगेका नेपाली काँग्रेसका युवा नेता थापालाई आफ्नो कार्यकालमा नाम अनुसारको काम गरेर देखाउन हौसला दिदै काँग्रेस कोहलपुर नगर कार्यसमितिले माला लगाइदिएर स्वागत गरेको हो । स्वागत ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीमा रहदाँ वा नरहदाँ जुनसुकै बेला जनताको सेवामा समर्पित हुने प्रतिवद्धता जनाएका थिए ।
नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिले स्वस्थ्यमन्त्री गगन थापालाई लगाइदिएको ५१ किलोको माला । ‘नाम अनुसारको काम गर्नुहोला भनेर नै मन्त्री गगन थापालाई ५१ किलोको माला लगाइदिएका हौं,’ नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण आचार्यले भने ।












प्रतिक्रिया