१९ कार्तिक २०८३, बिहिबार

पूर्व उपप्रम थापा र जापानी विदेशमन्त्री भेट, नेपालको सहयोगमा जापान सदैव तत्पर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-bidesh-mantri

टोकियो, १२ असोज । ५ दिने जापान भ्रमणमा रहनुभएको राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आज बुधबार जापानका विदेश राज्यमन्त्री किसी नोबुओसँग शिष्टाचार भेट गर्नुभएको छ ।

सो भेटमा पूर्व उपपराष्ट्रमन्त्री थापाले नेपालमा गएको महाभुकम्प पश्चात जापान सरकारले गरेको उद्धार, राहत र पुनर्निर्माणमा पुर्याएको सहयोगको प्रशसा गर्नुभयो । उहाँले आगामी २०२० मा हुनगईरहेको ओलम्पिकका लागि आवश्यक पर्ने संरचना निर्माण र कृषि क्षेत्रमा आवश्यक पर्ने जनशक्ति नेपालबाट निर्यात गर्न अनुरोध गर्नुभयो । यसैगरी भुकम्प पश्चात पुनःनिर्माणको काम शुरुभईरहेको र थप निर्माणका लागि आगामी दिनमा पनि जापान सरकारको निरन्तर सहयोग र सद्भावको अपेक्षा गर्नुभयो । नेपाल जापान कुटनितिक सम्बन्धको ६० औं बर्षगाँठको अवसरमा जापानका प्रधानमन्त्रीको नेपाल भ्रमण होस भन्ने नेपाली जनताको अपेक्षा रहेको भेटका क्रममा थापाले राज्यमन्त्री नोबुओलाई जानकारी गराउनु भयो ।

सो अवसरमा राज्यमन्त्री नोबुओले नेपालको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्नका लागि जापान सरकार सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त्त गर्नुभयो । उहाँले नेपालको संविधान कार्यान्वयन होस भन्ने जापान सरकार र जापानी जनताको अपेक्षा रहेको बताउदै शुभकामना समेत व्यक्त गर्नु भयो । थापाले जापानी प्रधानमन्त्रीको नेपाल भ्रमण नेपाली जनताले चाहेको बिषयमा राज्यमन्त्री नोबुओले खुसी व्यक्त गर्दै यसबारेमा आफ्नो प्रमलाई जानकारी गराउने विश्वास दिलाउनु भयो ।

सो भेटका क्रममा जापानका लागि नेपाली कार्यबहाक राजदूत कृष्ण चन्द्र अर्याल, राप्रपा नेपालका केन्द्रिय सल्लाहकार राजाराम बर्तौला, कलेन्द्र विक्रम शाही समेतको उपस्थिति रहेको थियो ।