१ कार्तिक २०८३, आइतबार

नेपाल एयरलाइन्सको दसैँ लक्षित उडान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_Airlines

काठमाडौँ, १२ असोज । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि पोखरा, भैरहवा र सिमरा उडान सुरु गरेको छ ।

दसैं, तिहारजस्ता पर्वमा यात्रुको सुविधालाई लक्षित गरी उडान भरिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार निगमको जहालले बिहान ६ः३० बजे पोखरा र १०ः३० बजे भैरहवा उडान भरेको छ । सिमराका लागि बिहान ८ः३० बजेको उडान तालिका रहेपनि आज उडान भएन ।

पोखराका लागि रु दुई हजार ५५०।–, भैरहवा रु तीन हजार २५।– र सिमराको रु दुई हजार २२५।– भाडा निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमको सिमरामा पाँच वर्षदेखि उडान हुनसकेको थिएन । पोखरा र भैरहवामा भने जहाज बिग्रिएका कारण केहि महिनाअघि उडान रोकिएको थियो ।

निगमसँग आन्तरिक उडानका लागि चारवटा जहाज छन् । हाल तीनवटा जहाजले मात्रै उडान भर्दैआएका छन् । बिग्रिएको जहाज पनि मर्मत भइसकेकाले अबको पाँच दिनभित्रमा उडान भर्ने प्रवक्ता शर्माले बताउनुभयो ।

निगमको हाल एक बोइङ र दुई एयर बस गरी तीन वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएको भने दुई वाइड बडी जहाज खरिदका लागि गत सोमबार ४५ दिने बोलपत्र आह्वान गरिसकेको छ ।