१९ कार्तिक २०८३, बिहिबार

प्रजातन्त्र सेनानी बस्नेतको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shivdhoj-basnet

काठमाडौँ, १२ असोज । नेपाली काँग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी शिवध्वज बस्नेतको ९६ वर्षको उमेरमा गए राति १ बजे निधन भयो ।

प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनका क्रममा पटक पटक जेल पर्नुभएका बस्नेत लामो समयदेखि बिपी कोइराला र गिरिजाप्रसाद कोइरालासँगै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

सोलुखुम्बुमा जन्मनुभएका बस्नेत हाल काठमाडौँ बौद्धमा बस्दै आउनुभएको थियो । उहाँको पार्थिव शरीरमा आज बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाइ अन्तिम बिदाइ गर्नुभयो । उहाँलाई श्रद्धाञ्जलि दिन महामन्त्री डा शशाङ्क कोइरालासहित पार्टीका नेता कार्यकर्ताको पशुपति आर्यघाटमा बाक्लो उपस्थिति थियो ।

उहाँका श्रीमती र तीन छोरी हुनुहुन्छ । सांसद एवम् काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत उहाँकी छोरी हुनुहुन्छ । रासस