१९ कार्तिक २०८३, बिहिबार

अनाथाश्रम र वृद्धाश्रमलाई खेलप्रेमी मोहन थापाको सहयोग

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

help-mohan-sing-1काठमाडौं, १२ असोज । खेलप्रेमी एवं समाजसेवी चितवन भरतपुर निवासी मोहन प्रकाश थापाले अनाथ एवं वृद्धाश्रमलाई सहयोग गरेका छन् ।

पूर्व भारतीय गोर्खा सैनिक थापाले धापासीस्थित पवित्र समाज नेपाल, चितवनको कुसुम सहारा र मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई ५५ हजार बराबरको खाद्यान्न एवं शैक्षिक सामग्री वितरण गरेका हुन् ।

नेपाल टेलिभिजनबाट प्रशारित विकास र बहसका निर्माता समेत रहेका उनी शिखर नेपाल नामक सामाजिक संस्थाका संरक्षक समेत हुन् । उनी बक्सिङ प्रशिक्षक समेत हुन् । हाल चितवनमा २९ जनालाई आफूले प्रशिक्षण गराइरहेको उनले बताए । भारतीय सेनाका पूर्व खेलाडी हुन् ।

help-mohan-sing

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले धापासीस्थित पवित्र समाज पुगी एक कार्यक्रमबीच अध्यक्ष दीक्षा चापागाईंलाई उक्त सामग्री हस्तान्तरण गरे । सो अवसरमा चलचित्र निर्देशकद्धय दीपक खाँड र शेखर खनाल समेत उपस्थित थिए ।

त्यसैगरी उता चितवनमा कुसुम सहारालाई मोहनका बुवा क्या. लालबहादुर थापा र गोपालप्रसाद अधिकारी तथा मञ्जुश्रीलाई प्रदिप वाग्ले र मञ्जु ज्ञवालीले खाद्य सामग्री बाँडेका थिए ।