३० आश्विन २०८३, शुक्रबार

कलेज पढ्दै गरेकी यी युवती, यौनसम्पर्कपछि यसरी पाइन् दुःख

9.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

नयाँदिल्ली । भारतको देहरादूनमा ‘लिभ इन रिलेशन’मा रहेकी युवतीलाई गर्भवती बनाएर एक युवक विगत दुई हप्तादेखि फरार भएका छन् ।

गर्भवती भएकी ती युवतीले एक वर्षसम्म युवकसँग नियमित यौनसम्पर्क गरेकी थिइन् । यति लामो अवधिसम्म पनि ती युवतीले युवकका विषयमा कुनै जानकारी नराखेको प्रहरीले जनाएको छ ।

फरार रहेका युवकको घर ठेगाना समेत थाहा नभएको युवतीले प्रहरीलाई बयान दिएकी छिन् । युवतीले युवकको मोबाइल नम्बर भने प्रहरीलाई उपलब्ध गराएकी छिन् ।

पुलिसले ती युवकको मोबाइल नम्बरबाट कल डिटेल निकालेर आरोपीलाई पक्राउ गर्ने तयारी गरेको छ । एसएसपी सदानंद दातेले युवतीले बच्चा जन्माउने समय नजिकिएकाले उनलाई एक स्वयं सेवी संस्थाको संरक्षणमा पठाएको जनाएका छन् ।

देहरादून अध्ययन गर्दै आएकी ती युवतीलाई युवकले आफ्नो विश्वासमा लिएर एक वर्षदेखि सँगै बस्दै आएका थिए ।

पीडित युवतीले आफ्ना परिवारजनलाई यसबारेमा केही बताउन मानेकी छैनन् । युवतीले आफनो सम्प्रदायभन्दा बाहिरको युवकसँग प्रेम गरेकी थिइन् । – एजेन्सी