काठमाडौं, १४ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीप्रति गम्भीर असहमति प्रकट गर्नुभएको छ ।
मन्त्रिपरिषदले गरेको सभासद् मनोनयनमा पार्टीका तर्फबाट नाम सिफारिस गर्दा प्रक्रिया मिचेको भन्दै उहाँले असहमति प्रकट गर्नुभएको हो ।
उहाँले अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र नै लेखेर मनोनयन सिफारिसमा एकलौटी गरेको आरोप लगाउनु भएको छ ।
सभासद् मनोनयन सिफारिसमा पार्टीको म्यान्डेट लत्याइएको भट्टराईको आरोप छ ।
पदाधिकारीले दिएका नामलाई अध्यक्षले अन्तिम रुप दिएपछि पुनः अर्को बैठकमा पेस गरेपछिमात्रै सिफारिस गर्ने निर्णय भए पनि ओलीले त्यसो नगरको उहाँले आरोप लगाउनु भएको छ ।
‘भदौ ११ गते बसेको पदाधिकारीको बैठकको निर्णय समेत लत्याएको उहाँको ठहर छ । ‘अघिल्लो बैठकले दिएको जिम्मेवारीलाई प्रकृयागत रुपमा पुरा नगरी भाद्र १४ एमालेका तर्फबाट आठ जनाको नाम प्रस्तुत भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाउनुपर्दा म आफैं लज्जित भएको छु,’ उहाँले ध्यानाकर्षण पत्रमा लेख्नुभएको छ, ‘यो घटनाले पार्टीलाई अनपेक्षित संकटतिर धकेल्ने कोशिस भएको आभाष भएको छ ।’
भट्टराईले अध्यक्षबाटै अलोकतान्त्रिक, अपारदर्शी तथा छलकपटपूर्ण कार्यको अगुवाई हुनुले पार्टीको सार्वजनिक छविमा कस्तो असर पर्ला भनी प्रश्न समेत गर्नुभएको छ ।
उहाँले संसदीय समितिका सभापति सिफारिसमा पनि पार्टीमा अध्यक्ष एकलौटी चलेको भन्दै आपत्ति जनाउँनु भएको छ ।
‘
भट्टराईले भूमिसुधार मन्त्रालय अन्तर्गत जिल्लामा गठन भएका सुकुम्बासी आयोगमा नियुक्तिलगायतमा पनि प्रश्न उठाउनु भएको छ ।















प्रतिक्रिया