१९ कार्तिक २०८३, बिहिबार

अष्ट्रेलियाको पुल्टेनी ग्रामर स्कुललाई डिल्लीबजारमा स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

img_6388aकाठमाडौं, १२ असोज । आफ्नो निरन्तर शैक्षिक दौरानमा यस वर्षदेखि सूर्योदय फाउन्डेसन अन्तर्गतको सूर्योदय आ.मा.वि., आनन्दभूमि आ.मा.वि. र ब्लु स्काई पब्लिक स्कुलका रुपमा अघि बढिरहेको छ ।

काठमाडौंको डिल्लीबजारस्थित एसएबी पब्लिक स्कुलले यस वर्ष पनि आफ्ना विद्यार्थी र अष्ट्रेलियाको पुल्टेनी ग्रामर स्कुलका विद्यार्थीवीच शिक्षा तथा संस्कृति आदान–प्रदान गराउँदै आएको छ ।

हाल एसएबीको स्थापनासँगै उक्त कार्यक्रमलाई निरन्तरता दिँदै अष्ट्रेलियन समूहको (विद्यार्थी तथा शिक्षक) स्वागतार्थ स्वागत कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै एसएबी पब्लिक स्कुलका अध्यक्ष तथा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले नेपाल र अष्ट्रेलियाको ५६ वर्षे लामो दौत्य सम्बन्ध रहेको र यस्ता कार्यक्रमले नेपाल र अष्ट्रेलियाको सम्बन्ध सुदृढ भई फरक–फरक महादेशका विद्यार्थी एक–आपसमा भेटघाट हुँदा शिक्षा तथा संस्कृति आदान–प्रदान गर्नुका साथै विद्यार्थीहरुमा पनि मनोबल बढ्ने बताउनु भयो ।

विद्यालयका निर्देशक तथा व्यङ्य कवि प्रेमकुमार वलीले विगतका वर्षहरुको निरन्तरतास्वरुप आयोजना गरिएको यस कार्यक्रमले अष्ट्रेलियाको पुल्टेनी ग्रामर स्कुलका विद्यार्थी तथा शिक्षकहरूलाई प्रकृति र संस्कृतिमा धनी देश नेपालबाट केही नयाँ कुरा सिक्न मौका मिल्ने विचार व्यक्त गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको पनि उल्लेख्य उपस्थिति थियो ।

स्वागत कार्यक्रममा एसएबी स्कुलका विद्यार्थीले विभिन्न आकर्षक सांस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एसएबी पब्लिक स्कुलले आयोजना गरेको संस्कृति आदानप्रदान कार्यक्रमले नेपाल र अष्ट्रेलियाका विद्यार्थीहरूलाई एक–अर्कालाई बुझ्ने र नेपालको शैक्षिक स्तरमा वृद्धि हुने भएकाले यस्तो कार्यक्रम आयोजनाका लागि एसएबी पब्लिक स्कुललाई धन्यवाद दिनुभयो ।

साथै विद्यालयका प्रिन्सिपल मार्क विभर्सले यस्ता कार्यक्रमको निरन्तरताले विद्यार्थीहरुमा विश्ववन्धुत्व, भ्रातृत्व र मानवताको भावनामा वृद्धि भई एसएबी पब्लिक स्कुल र अष्ट्रेलियाको पुल्टेनी ग्रामर स्कुलका विद्यार्थीहरुलाई एक–अर्कामा संस्कृति र शिक्षाको आदान–प्रदान गर्न अवसर हुने कुरा बताउनु भयो ।

अष्ट्रेलियाको पुल्टेनी ग्रामर स्कुलका समूहलाई स्वागत गर्दै एसएबी पब्लिक स्कुलका विद्यार्थी अनिकेत अधिकारीले यस्ता कार्यक्रमको अयोजनाले विद्यार्थीहरुमा आ–आफ्ना देशको प्रकृति, संस्कृति र ज्ञानको आदान–प्रदान हुने बताउनुभयो ।

अष्ट्रेलियाको पुल्टेनी ग्रामर स्कुलका भ्रमण समूहका तर्फबाट बोल्दै टिम लिडर डेनियलले आफूहरूको भ्रमणले नेपाल र अष्ट्रेलियाको शिक्षा र संस्कृति आदान–प्रदान हुने कुरा बताउनु भयो ।

नेपालको प्रकृति र संस्कृति बारेमा ज्ञान लिने उद्देश्य राखी भ्रमणमा आएको टोलिको एकहप्ते नेपाल भ्रमण कार्यक्रम रहेको छ ।