१९ कार्तिक २०८३, बिहिबार

स्थानीय तह पुनर्संरचना आयोगलाई थप कार्यदेश दिने सरकारको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-cabinet

काठमाडौं, ११ असोज । सरकारले स्थानीय तह पूनर्संरचना आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको छ ।

मंगलबार अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको प्रमुख तीन दलको बैठकमा भएको सहमतिअनुसार पुराना इलाकीय संरचनालाई आधार मानेर स्थानीय तह पूनर्संरचना गर्न आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भन्नुभयो– ‘आजको बैठकले पुराना इलाकीय संरचनालाई आधार मानेर स्थानीय तहको पूनर्संरचना गर्न आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको छ । पुराना इलाका नगरपालिकामा गाभिइसकेको भए त्यस्ता इलाकामा थप गाविस समेटेर नगरपालिकामा राखिने छ । अबका अतिरिक्त स्थानीय आवश्यकता, सघनता र अनुकूलता हेरेर आयोगले थप निर्णय लिन सक्नेछ ।’