१९ कार्तिक २०८३, बिहिबार

एमाले प्रदेश नम्बर ३ को प्रदेशस्तरीय सचिवालय गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-office

काठमाडौँ, ११ असोज । नेकपा (एमाले) प्रदेश नं ३ प्रदेश सङ्गठन कमिटीको पहिलो बैठकले पाँच सदस्यीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा संयोजक अष्टलक्ष्मी शाक्य, सहसंयोजक काशीनाथ अधिकारी, पूर्वअञ्चल इन्चार्ज केदार न्यौपाने, अरुण नेपाल र सानु श्रेष्ठ रहनुभएको छ । बैठकले न्यौपानेद्वारा प्रस्तुत समसामयिक विषयमा १३ बुँदे प्रस्ताव पारित गर्नाका साथै प्रदेशको अर्धवार्षिक कार्ययोजना पारित गरेको छ । सोमबार सुरु भएको बैठक आज सम्पन्न भएको थियो ।

एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको आन्तरिक जीवनलाई एकताबद्ध बनाउने १० बुँदे सङ्कल्प प्रस्तावप्रति बैठकले प्रतिबद्धता जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले मित्रराष्ट्र चीनसँग गरेको पारवहनलगायत १० बुँदे ऐतिहासिक सम्झौतालाई वर्तमान सरकारले तदारुकताका साथ कार्यान्वयनको पहल नलिएर अघोषित निष्क्रिय बनाउने तथा मुलुकलाई पुनः भारतवेष्टित विकल्पहीन मुलुकमा परिणत गर्ने तयारी गरेकामा बैठकले आपत्ति जनाएको छ ।

नेपाललाई कुनै एक देशसँग मात्र निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले अघिल्लो सरकारले चीनसँग गरेको पारवहन सम्झौताको एक अङ्गका रुपमा रहेको उत्तरी व्यापारिक नाका काठमाडौँ रसुवागढी केरुङ सडक तथा बाढीपहिरोद्वारा ध्वस्त अरनिको राजमार्गको पुनः निर्माण तत्काल अगाडि बढाउन र तातोपानी नाका खुलाउन पनि बैठकले माग गरेको छ ।