एजेन्सी । पोर्चुगलको रुफिनो बोरेगोका एकजना मान्छे विरामी थिएनन् तैपनि उनले ४३ सालसम्म ह्वीलचियरमा बस्न बाध्य हुनु परेको थियो ।
यद्यपि रुफिगो जब १३ सालका थिए उतिबेला एक अस्पतालले उनलाई मस्कुलर डिस्ट्रपि भएको बताएका थिए । जसको उपचार सम्भव थिएन् । त्यसपछि उनको जिन्दगी ह्वील चियरमा नै समेटिएको रहेको छ ।
तर, अचानक २०१० मा उनलाई न्युरोलजिस्टले यस्तै कुरा भने जसले रुफिनो सन्न भएका थिए । उनका डाक्टरले उनलाई मस्कुलर डिस्ट्रपि नभएको दावी गरे,उनलाई यत्तिका दिनसम्म ह्वील चियरमा सिमित हुनुपर्ने जरुरत नै थिएन् भनेर ।
यद्यपि रुफिनोलाई मियासथिनिया भएको थियो । जसले शरीरको मांसपेसी कमजोर हुन्छ । तर यसको उपचार सजिलै गर्न सकिन्थ्यो । फिजियोथेरापी र अस्थताको उपचार लिनबाट यसप्रकारका विरामी ठिक भइहाल्छन् ।
रुफिनोले आफ्नो उपचार २०११ मा गरे उनले आफ्नो छिमेकमा भएको क्याफेमा आफैं हिडेर जान सक्षम भएका थिए । क्याफे का मालिकले एक पत्रिकालाई भने उनलाई आफ्नो खुट्टाले हिडिरहेका हेर्नुहोस् तर अरुलाई विश्वास नै भएन् । तर यो कुनै चमत्कार भन्दा कम भएको थिएन् ।
अब ६१ वर्षको उमेरमा रुफिनोले सामान्य जिन्दगी विताइरहेका छन् । उनलाई एक वर्षमा दुई फिजियोथेरापी सेशनको जरुरत पर्छ । आफुलाई यति हुन्जेल सम्म रुफिनोलाई त्यो अस्पतालसँग कुनै रिस छैन्, जसले उनको विरामीको उपचारको गलत रिपोर्ट दिएको थियो ।
रुफिनोले भन्छन्, ‘१९६०को दशकमा मेडिकल साइन्स मियासथिनियाबाट अपरिचित थियो ।
अब रुफिनोले आफ्नो जिन्दगी खुलेर विताइरहेका छन् ।
















प्रतिक्रिया