१९ कार्तिक २०८३, बिहिबार

संविधानको सफल कार्यान्वयन सहमतिबाट हुनुपर्छ : नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepal

नेपालगन्ज, ११ असोज । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको सफल कार्यान्वयनका लागि सबै पक्ष सकारात्मक हुनुपर्ने बताउनुभएको छ ।

सो दलद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि हुने राजनीतिक सहमतिबाट आफ्नो दल पछि नहट्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता नेपालले ‘संविधानका विषयमा केही विमति छन् भने सहमतिबाट टुङ्ग्याउनुको विकल्प छैन, त्यसैले दलीय स्वार्थभन्दा माथि उठेर राजनीतिक दल सहमतिमा आउनु पर्छ’ भन्नुभयो ।

मधेसका मुद्दालाई सबैले साझा मुद्दा बनाउनुपर्नेमा जोड दिँदै उहाँले एकाध दलको राजनीतिक स्वार्थमा मधेसलाई अल्मल्याउनु गलत हो, यो कार्य आफ्नो दललाई कदापि स्वीकार्य हुँदैन भन्नुभयो ।

नेता नेपालले अबको राजनीतिक मुद्दा मुलुकको आर्थिक समृद्धि र विकासतर्पm उन्मुख हुनुपर्ने बताउँदै राजनीतिलाई भुँमरीमा फसाइरहने कार्यले यो मुद्दा ओझेलमा पर्ने भएकाले स्थिर राजनीतिको ढोका खोल्नु अहिलेको आवश्यकता छ भन्नुभयो । रासस