संवैधानिक कानुनका ज्ञाता एवं विश्लेषक डा. विपिन अधिकारीले टीकापुर घटनाका दोषीको मुद्दा फिर्ता लिने गृहमन्त्री विमलेन्द्र निधिको चाहना राजनीतिक दाउपेच मात्रै भएको बताएका छन् ।
माउन्टेन सम्वादमा पत्रकार दीपक धितालसँग कुरा गर्दै अधिकारीले टिकापुर घटनाका दोषीका मुद्दा राजनीतिक दल र गृहमन्त्रीले चाहेको खण्डमा फिर्ता लिन नसक्ने बताए । उनले भने– ‘टिकापुर घटनाका दोषीका मुद्दा राजनीतिक दल र गृहमन्त्रीले चाहेको खण्डमा फिर्ता लिन सक्दैनन । राजनीतिक अधिकारका लागि अपराध गर्न त पाइदैन नी । अदालतले टुंग्याउँछ । पीडितका अधिकारका लागि एउटा अदालतको मद्दा चित्त नबुझे अन्य अदालतमा जान सकिन्छ । गृहमन्त्रीको राजनीतिक दाउपेच मात्र हो ।’
अन्तर्वार्तामा उनले भनेका कुरा यसप्रकार छन्ः
– टिकापुर घटनाका दोषीका मुद्दा राजनीतिक दल र गृहमन्त्रीले चाहेको खण्डमा मात्र फिर्ता लिन सक्दैनन । मुद्दा फिर्तालिने कानुनी प्रक्रिया छ त्यो प्रक्रिया बमोजिम सम्बन्धित अदालतले यस बिषयमा निर्णय लिने हो । अदालतले मुद्दा फिर्ता दिन अस्विकार गर्न सक्दछ। न्यायका सिद्धान्त, दन्दबिहिनाताको प्रस्न र पीडितहरुको अधिकार समेतलार्इ ध्यानमा राखी त्यस्तो निर्णय लिइन्छ । गृहमन्त्रीको राजनीतिक दाउपेचले मात्र केहि हुँदैन ।
– टिकापुर प्रतिवेदन ढिलो हुनुको कारण राजनीतिक होः कानुनी होइन ।
– भारतसंग सहि गरेको संयुक्त बिज्ञप्तिमा प्रधानमन्त्रिले संविधानको धारा ५१ (ड) द्वारा घोषित अन्तराष्ट्रिय सम्बन्ध नीतिको गम्भिर उल्लङ्घन गर्नु भएको छ । संविधान निर्माण नेपालको आन्तरिक विषय हो । हामीले टिप्पणी भारतीय पक्षको भन्दा हाम्रै प्रधानमन्त्रीको गलत कदम विरोध गर्ने हो ।
– इलाकालाई नै स्थानीय निकाय बनाउने दलिय सहमति संवैधानिक रुपमा कच्चा छ । यसबाट नया संविधानका समावेशीकरण, समानुपातिक प्रतिनिधित्व, पहिचान तथा धारा ४२ को मैलिक अधिकार लगायतका संवैधानिक मूल्य मान्यताहरुको कार्यान्वन कसरि हुन सक्छ । यो प्रश्न को जवाफ के ?
– संवैधानिक निकायहरु आफ्नो अधिकारका बिषयमा स्वतन्त्र छन । यस बिषयमा उनीहरुले स्वतन्त्रता पूर्बक छानवीन गर्न पाउछन । राजनीतिक हस्तक्षेप हुन हुँदैन ।
– कानुन द्वारा स्थापित निकायले कानुनको प्रक्रिया बमोजिम चल्नु पर्छ । अदालत, प्रहरी, अख्तियार र सरकार सबैको ‘रुल अफ ल’को मापदण्ड यहि हो ।
– ‘मिडिया क्याम्पेग्न’लार्इ पुनः विचार गर्नु पर्दछ । निरपराध व्यक्तिलार्इ अदालत्बाट सफाई पाएपनि त्यस्तो ‘क्याम्पेग्न’ ले नराम्रो गर्न सक्छ । प्रेस रिलिजका सम्बन्धमा पनि यहि सिद्धान्त लागु हुने हो ।
– संविधान संशोधन गरि सिमा हेरफेर गर्ने सम्बन्धमा प्रदेशको अधिकार प्रादेशिक बिधायिका अस्तित्वमा आएपछि मात्र हुन्छ ।
हेर्नुस् भिडियोः













प्रतिक्रिया