१९ कार्तिक २०८३, बिहिबार

खोलाले बगाएर मोरङमा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morang_districtमोरङ, ११ असोज । मोरङमा खोलाले बगाएर सोमबार दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको पथरी–शनिश्चरे–९ नमुनाटोल बस्ने अन्दाजी ५५ वर्षीया कथिमी झाँगडको घरनजिकै रहेको देवीस्थान खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, सुखानी खोलाले बगाउँदा मोरङकै भौडाहाका एक वृद्धको मृत्यु भएको छ ।

भौडाहा वडा नं २ र ९ को सिमानामा पर्ने सुखानी खोला तर्नेक्रममा बगाउँदा भौडाहा–१ का ६० वर्षीय मोती मुडियारीको मृत्यु भएको हो । रासस