२८ आश्विन २०८३, बुधबार

एन्मा र नासाको १० औँ संयुक्त सम्मेलन कोलोराडोमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amrica-nepal-flagकोलोराडो, अमेरिका  । एशोसिएसन अफ नेप्लीज ईन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लीज एशोसिएसन ईन साउथवेष्ट अमेरीका (नासा) को १० औँ संयुक्त सम्मेलन कोलोराडोको डेनवर्क स्थित क्राउन प्लाजा होटलमा चलिरहेको छ ।
अगष्ट ३१ सम्म संचालन हुने उक्त सम्मेलनमा अमेरिका, क्यानडा तथा मेक्सीकोमा बसोबासगर्ने नेपालीहरु सहभागी भएका छन् ।

नयाँ पुस्तालाई रहन–सहन, भाषा, सँस्कृती तथा भेषभुषाको जानकारी गराउन तथा अमेरिकामा जन्मे हुर्केका नेपाली बालबालिका तथा स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको  हो ।

‘यो कार्यक्रमले मातृभूमीप्रतिको कर्तब्यको सम्झना स्मरण गराउन तथा कर्मथलोमा जन्मथलोको पहिचान गराउन कार्यक्रमले सकारात्मक प्रभाव पार्ने  अपेक्षा गरेका छौँ,’ एन्माका अध्यक्ष गोपेन्द्र भट्टराईले भन्नुभयो ।

कोलोराडोस्थित नेपालीहरुको साझा संस्था नेपाली घर र रकी माउण्टेन फ्रेन्ड्स अफ  नेपालको सह–आयोजनमा  भएको सम्मेलनलाई सफलताकासाथ सम्पन्न गर्न रकी माउण्टेन फ्रेन्ड्स अफ  नेपालका अध्यक्ष शरद आचार्यको नेतृत्वमा गठित खेलकुद, संस्कृति तथा मनोरन्जन, प्रचारप्रसार, सुचना तथा संचार श्रोत संकलन तथा ब्यावस्थापन जस्ता विभिन्न १७ उपसमिति खटेका छन् ।

सम्मेलनमा भाग लिन रेखा थापा, गोपाल नेपाल (फिस्टे),  सुर्दशन गौतम, नेपालबाट अमेरिका आएका छन् । त्यस्तै एन्माका अध्यक्ष गोपेन्द्र भट्टराई, नासाका अध्यक्ष डा. रामचन्द्र बराललगायत अमेरिकाका २० भन्दा बढी स्टेट र क्यानडा, मेक्सीकोमा बसोबास गर्ने नेपालीहरु पनि सहभागी छन् ।

कार्यक्रममा गायक  सुनिल उप्रेती, संजिव प्रधान, दिपेशकिशोर भट्टराई, विजय अधिकारीलगायतका व्यक्तिले प्रस्तुति देखाउने छन् ।

गायक हिरण्य भोजपुरे, विदेशी पाउनाहरुमा कोलोराडोका सिनेटर लिन्डा न्युवेल, नेपालमा मेडिकल क्षेत्रमा उल्लेखनीय योगदान गर्ने डा. जेम्स क्यान्सन्को कार्यक्रममा उपस्थितिी रहने प्रचार प्रसार संयोजक रमेश गुरुङले जानकारी दिनुभयो । नातिबाबु भट्ट