१९ कार्तिक २०८३, बिहिबार

जनताको मन जित्दै इलाका प्रशासन कार्यालय सुख्खड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sital-okheda

सुख्खड(कैलाली), १० असोज । सरकारी कार्यालयहरुमा हुने ढीलासुस्ती र काम कारवाही गराइबारे एउटा पुरानै उखान छ ‘सरकारी काम कहिले जाला घाम’ । तर, गत साउनमा मात्रै कैलालीको सुख्खडमा स्थापना भएको इलाका प्रशासन कार्यालय सुख्खडको काम गराइबारे भने अलि फरक छ ।

प्रायः सरकारी कार्यालयमा सेवागाही पुग्दा कर्मचारीहरुले व्यवास्ता गर्ने एकैछिनमा हुने कामलाइ धेरै समय लगाउने र अनेक कारण देखाउदै दुःख दिने गरेको भएपनि यस कार्यलयमा भने आफुले त्यस्तो नपाएको कैलालीको पहाडी गाविस मोहन्यालबाट नागरिकता बनाउन आउनु भएका हस्त बहादुर थापाले बताउनुभयो ।

उता अछामको नन्देगडा गाविस वाट वसाइ सराइ गरी कैलालीको साडेपानिमा वसोवास गरिरहेका नेत्र साउद पनि इलाका प्रशाशन कार्यलय सुख्खडको काम गराइवाट निकै खुशी भएको वताउछन । उनि भन्छन- ‘इलाका प्रशाशन कार्यलय सुख्खडको काम गराइ वाट सरकारी कार्यलयहरु मथिको मेरो विश्वास अझै वढेको छ । साथमा कार्यलयका प्रमुख शाखा अधिकृत सितल सिंह ओखेडा सर को हामि सेवागाही प्रतिको व्यवाहार झनै सरल भएकाले पनि सरकारी कायृलय माथिको विश्वासमा वृद्धी भएको छ ।’

स्थापनाको दुई महिनामा कार्यालयले छ सय ८० जनालाइ नेपाली नागरिकता वितरण गरिसकेको शाखा अधिकृत ओखेडाले जानकारी दिनुभयो । कार्यलयले हाल नागरिकता वितरण संगै राहदानिको सिफारिस, दलित जनजाति सिफारिस तथा विभिन्न खालका सिफारिस गर्नेै सेवा दिइरहेको छ ।

– प्रकाश मिश्रबाट