– शम्भू माली
कपिलबस्तु, १० असोज । बिजया दशमी नजिकिदै जादाँ माग धेरै बढेकोले कालीगढहरुलाई अहिले मुर्ति बनाउन भ्याई नभ्याई भएको छ ।
बिजयादशमीमा जिल्लाका बिभिन्न स्थानमा निकालिने दुर्गा भगवती सहित बिभिन्न देवी देवताको माटोका मुर्तिहरु बनाउन चटारो भएको कालीगढहरुले बताएका छन । जिल्लाको शहर र गाउँमा एक महिना अघि देखि मुर्ति बनाउन सुरु गरेका अहिले बिभिन्न आकारका मुर्तिहरु बनाउनमा ब्यस्त छन् । मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले मुर्तिकारहरु अहिले सजावट तथा रंगरोगन कार्यमा लागेका छन ।
जिल्लाको ६ वटा नगरपालिका र ५३ वटा गाबिसहरुमा विजयादशमीमा ५ सय बढी स्थानमा दुर्गा मुर्तिका झाँकी निकालिदै आएको छन । जिल्लाका कालिगढहरुले माग जतिको मुर्ती पुर्ती गर्न नसक्दा भारतको विहारबाट कृष्णनगर र छोट्की गुरचिहवामा चारजना कालिगढ सहीत मूर्ति बनाउन आएका छन । कालीगढहरु मुर्ती बनाउन व्यस्त रहेका छन् । कालीगढहरु मूर्तिहरुमा देव देवीका बाहन र उनीहरुले प्रयोग गर्ने अस्त्रको रंग रोगनमा दिन गएको थाहा पाएका छैनन । दुर्गा, लक्ष्मी, गणेश, कार्तिके, बाघ, मुसा, रागाँ, सर्प र देवी देवताका मूर्ति तयार भइरहेका कालीगढले बताएका छन ।
दुर्गा भगवती, बाघ, भैंसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिके लगायतका मुर्ति बानउनका लागी एक महिना अगाडी बुक गर्ने गरेको बताए । मर्तिको लागि चाहिने औजार र सजावटका सामग्रीहरु भारतको बजारबाट खरिद गरि ल्याउने गरेका बताएका छन् । जिल्लाको मुख्य बजार कृष्णनगर, चन्द्रौटा, बहादुरगञ्ज तथा सदरमुकाम तौलिहवामा समेत दुर्गा झाकी निकाल्ने हुदाँ मूर्तिको माग बढेको कालीगढ बताउछन् । घटस्थापनाका दिन देखि र कहि कहि सप्तमीका दिन पूजा गरि मूर्ती स्थापना गरिने चलन रहेको छ ।
१५ हजार देखि ३० हजार सम्मको मुर्ती किन्ने भक्त जनले बताएका छन । डेढ महिना पहिले देखि मुर्ति बनाउन शुरु गरेको र माग जतिको मुर्ती पुर्ती गर्न नसकेकोेले यस बर्ष १५ सेट मुर्ति बनाएर बिक्री गर्ने कालीगढहरु बताउ छन । मुर्ति सयमै उपलब्ध गराउनु परेकोले आफुलाई कामको निकै चटारो परेको कालीगढहरुले बताएका छन । १५ हजार देखि ३० हजार सम्मको मुर्ती बिक्री गर्ने गरेको कालीगढले बताएका छन ।













प्रतिक्रिया