१९ कार्तिक २०८३, बिहिबार

रामेछापमा संचालित ६० पशुऔषधि पसलमध्ये ५ वटामात्रै दर्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नवराज श्रेष्ठ

रामेछाप, १० असोज । रामेछाप जिल्लाको बिभिन्न ठाँउमा संचालनमा रहेको अधिकांस पशुऔषधि पसलहरु दर्ता बिना नै संचालन भैरहेको खुलासा भएको छ ।

जिल्लामा करिव ५० देखि ६० को हाराहारीमा पशुऔषधि पसलहरु संचालनमा रहेकोमा जम्मा ५ वटा मात्र दर्ता भएको जिल्ला पशु सेवा कार्यालय रामेछापले जानकारी दिएको छ ।

पशुसेवा कार्यालयले सदरमुकाम मन्थलीमा सोमबार आयोजना गरेको पशु स्वास्थ्य नियमन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो । घरेलु तथा साना उद्योग विकास समित, रामेछाप उद्योग बाणिज्य संघ, पशु औषधि व्यवसायी, दाँना व्यवसायी, मासु व्यवसायी र पत्रकारको सहभागितामा भएको अन्र्तक्रियामा पशु सेवा कार्यालयका पशु चिकित्सक डा .महेश कुमार देउबन्जारले जिल्लामा ६० वटा पशुऔषधि पसलहरु संचालनमा रहेपनि ५ वटा मात्र दर्ता भएको बताउनुभयो ।

उहाँले दर्ता नभएका औष्धि पसलहरुलाई दर्ता प्रक्रिया अगाडि बढाईएको पनि बताउनुभयो । डा. देउबज्जारले २०७३ असार २० गते गरेको अनुगमन अनुसार सदरमुकाम मन्थली र आसपासका बजारमा ७ वटा मासु पसलहरु पनि बिना दर्ता संचालन भैरहेको जानकारी दिनुभयो । बजारमा मुल्यसुची राख्ने ६, मुल्यसुची राख्ने तर अपडेट नगर्ने १ र मुल्य सुची राख्ने तर कार्यान्वयन नगर्ने १८ वटा मासुपसलहरु रहेको बताउनुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति रामेछापका बरिष्ठ उद्योग विकास अधिकृत राजेन्द्र श्रेष्ठले पशुऔषधि पसल र मासु पस दर्ता बिनानै संचालन हुनु दुखद भएको बताउनुभयो । उहाँले मानिसको स्वास्थ्य जस्तै पशु स्वस्थ्यलाई पनि गम्भीरताका साथ हरिनुपर्ने भएकाले यसका बारेमा सबैले चासो दिनुपर्ने बताउनुभयो ।

उहाँले पशु औषधि पसल संचालन गर्ने व्यक्ति सम्बन्धीत बिषयमा अध्ययन ज्ञान भएको अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँले यो बिषय गम्भीर भएकाले यसका लागी आफ्नो कार्यालय लागीपर्ने बताउनुभयो । कार्यक्रममा बोल्नुहुदै रामेछाप उद्योग बाण्ज्यि संघका महासचिव जगन्नाथ दाहाले दर्ता नभई संचालमा रहेका पशु औषधी पसल र मासु पसललाई चाडै दर्ता प्रक्रियामा ल्याउनु पर्ने बताउनुभयो ।

उहाँले बजारमा संचालनमा रहेको मासुपसलहरुले पनि न्युनतम मापडण्ड पुरा नगरेको भन्ने गुनासाहरु आएकाले यसम सबैले प्रभावकारी अनुगमन गर्नुपर्ने बताउनुभयो । अन्र्तत्रिया कार्यक्रममा हाल संचालनमा रहेका मासु पसलहरुले न्युनतम मापदण्डहरु पुरा गर्नुपर्ने ,दर्ता नभएका मासुपसलहरुले पनि दर्ता गर्नुपर्ने निर्णय गरेको छ ।

यदि व्यवसायीहरुले नियम अनुसार मासु पसलहरुले न्युनतम मापदण्डहरु पुरा नगरेकोे, आफ्नो व्यसाय दर्ता नगरेको पाईए कार्बाहि गर्ने निर्णय पनि गरेको छ । त्यस्तै जिल्लामा संचालनमा रहेका पशु औषधि पसलहरुले अनिवार्य रुपमा कोल्डचेनको व्यवस्थापन गर्नपर्ने निर्णय पनि गरेको छ ।