काठमाडौं, १० असोज । सभामुख ओनसरी घर्तीले पछिल्लो अवस्थाबारे प्रमुख दलका नेताहरुसँग परामर्श गर्नुभएको छ ।
सोमबार विहान सभामुखले बोलाउनुभएको बैठकमा कांग्रेसबाट महेश आचार्य, एमालेबाट भानुभक्त ढकाल र माओवादीका एक जना नेता सहभागी थिए ।
बैठकमा लेखा समितिको सभापति उर्जामन्त्री भएपछि रिक्त रहेको पद र कृषि समितिका सभापति स्वास्थ्यमन्त्री भएपछि खाली पदमा कसरी नियुक्ति गर्ने लगायतका विषयमा कसरी अघि बढ्ने भनेर छलफल भएको संसद सचिवालयले जनाएको छ ।
सरकारका विधेयकलाई कसरी अघि बढाउने विषयमा समेत सामान्य छलफल भएको थियो ।
छलफल गर्न सभामुखले शीर्ष नेता बोलाउनुभएपनि दोस्रो तहका नेता उपस्थित थिए । यी विषयमा छलफल गर्न अर्काे बैठक बुधबार बस्ने छ ।













प्रतिक्रिया